Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चार जना चोर पक्राउ

ललितपुर । उपत्यकाका विभिन्न स्थानमा सुन चाँदीका गरगहना, नगद, मोबाइल, ल्यापटप लगायतका सामान चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौं र ललिपुरको विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(१४ बल्खुस्थित सुकुम्बासी टोल बस्ने डोटी जोराईन गाउँपालिका(४ घर भएका ४४ वर्षीय धन बहादुर थापा, काठमाडौं कीर्तिपुर नगरपालिका(७ भाजाङ्गल बस्ने डोटी जोराईन गाउँपालिका(४ घर भएका २१ वर्षीय राम बहादुर थापा, काठमाडौं महानगरपालिका(१४ कलंकी खसिबजार बस्ने मकवानपुर घर भएका १९ वर्षीय जिवन तामाङ स्याङतान र काठमाडौं कीर्तिपुर नगरपालिका(९ बस्ने झापा दमक नगरपालिका(९ घर भएका ३२ वर्षीय रबिन्द्र अधिकारी रहेका छन् ।
बिगत केही महिनादेखि ललितपुर लगायत काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा सुन चाँदीका गरगहना, नगद, मोबाइल, ल्यापटप लगायतका सामानहरू चोरी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर ललितपुर तथा अपराध शाखा ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट बिभिन्न किसिमका सुनका गरगहनाहरु करिब १६ तोला, चाँदीका गरगहनाहरु तथा सरसामन गरी ५० तोला, ल्यापटप, बिभिन्न देशका मुद्राहरु र चोरी गर्दा प्रयोग गरिने फलामको हम्मर, रड, पेन्चिस, पिलास, रेन्चि र नक समेत प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालत ललितपुरबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।


सम्बन्धित समाचार