Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चार दिने भ्रमण सकेर निराश हुँदै फर्कियो चिनियाँ टोली

काठमाडौँ । नेपालको कम्युनिष्ट पार्टीमा आएको विभाजन रोक्न सकिन्छ कि भनेर चार दिनअघि नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल निराश हुँदै स्वदेश फर्केको छ । विदेश विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको बुधबार बिहान स्वदेश फर्किएको हो ।

सो टोलीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो । कम्युनिष्ट पार्टीको विभाजन जोडाउन सकिन्छ कि भन्ने छिमेकीको प्रयासले खासै सफलता भने पाएको छैन ।


सम्बन्धित समाचार