Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चार फुटबल खेलाडीलाई सागमा पनि प्रतिबन्ध

काठमाडौं । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं सागमा पनि विमल घर्तीमगर सहित चार खेलाडीलाई प्रतिबन्ध गर्न लागेको एन्फा श्रोतले बताएको छ । सागको तयारी टोलीमा विमल सहित यसअघि कुवेतसँगको खेलमा प्रतिबन्धको कारबामा परेका अन्जन बिष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई समावेश गरिएको छैन । सन्तोष भने यसअघि सागको तयारी टोलीमा थिएनन् । यी चार खेलाडीलाई दुई बर्षसम्म प्रतिबन्ध कारबाही हुनसक्ने समेत बताइएको छ। यी खेलाडी विनै भुटानमा कुवेतसँग नेपाली टोलीले राम्रो खेलेको पनि एन्फा श्रोतले जनाएको छ ।
तटस्थ भेन्यु भुटानमा भएको विश्वकप छनोटको दोस्रो खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको थियो ।
यसअघि कुवेतमा खेलिएको पहिलो खेलमा भने नेपालले कुवेतसँग ७–० गोलको अप्रत्यासित हार खेपेको थियो । पछिल्लो समय नेपाली खेलाडीको अप्रत्यासित नतिजालाई लिएर पनि भित्रभित्रै अनुसन्धान भईरहेको बताइएको छ ।