Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चार वर्षपछि सम्बन्धविच्छेद गर्दै प्रियंका चोपडाका जेठाजु–जेठानी

प्रियंका चोपडाका जेठाजु जो जोनस र जेठानी सोफी टर्नरले सम्बन्धविच्छेद गर्न लागेको खबर छ । यी जोडीका दुई सन्तान छन् । तर अब विवाहको ४ वर्षपछि यी दुई अलग्गिन लागेको खबरले प्रशंसक चकित परेका छन् ।
टिएमजेडको रिपोर्ट अनुसार सोफी र जो जोनस पछिल्लो ६ महिनादेखि असाध्यै ठुलो समस्याको सामना गरिरहेका छन् । त्यसैले स्थिति सम्बन्धविच्छेदसम्म पुगेको छ ।
नजिकको स्रोतलाई उद्धृत गर्दै जो जोनस र उनको समूहले लस एन्जिलिसमा दुई जना डिभोर्स लयर्ससँग कुराकानी गरिरहेको जानकारीमा उल्लेख छ ।
रिपोर्टमा दाबी गरिए अनुसार जो जोनसले सोफीसँगको वैवाहिक सम्बन्ध तोड्न प्रक्रिया अघि बढाउन चाहेका छन् ।
एक अन्तर्राष्ट्रिय प्रकाशनका अनुसार जोनस ब्रदर्स टुरका बेला जो जोनसका दुवै छोरीहरू उनीहरूसँगै थिए ।
रिपोर्टमा दाबी गरिए अनुसार हालै जो जोनसलाई विवाहको औँठी बिना नै देखिएको थियो । त्यसपछि नै उनको वैवाहिक सम्बन्धमा खटपट आएको हो कि भनेर धेरैले अनुमान गरेका थिए ।
यस्तै, जो र सोफीले हालै मियामीमा आफ्नो संयुक्त घर पनि बेचेको जानकारीमा उल्लेख छ । यो जोडीले एक वर्ष अघि मात्रै यो घर किनेका थिए ।
यद्यपि, जो जोनस वा सोफी टर्नरमध्ये कसैले पनि सम्बन्धविच्छेदको खबरमा प्रतिक्रिया दिएका छैनन् ।
प्रियंकाका जेठाजु जो जोनस ३४ वर्षका भए । उनले सन् २०१६ मा सोफी टर्नरलाई डेट गर्न सुरु गरेका थिए । त्यसपछि यी दुईले सन् २०१९ मा विवाह गरेका थिए ।
सोफी टर्नर चर्चित हलिउड अभिनेत्री हुन् । उनले ‘द गेम अफ थ्रोन्स’ मार्फत् विश्वमाझ पहिचान पाइन् । यस्तै जो जोनस एक गायक र अभिनेता हुन् ।

 


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल