Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चावहिल क्षेत्र तनावग्रस्त

काठमाडौं । काठमाडौंको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ । पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका थिए । घाइते पन्तको अहिले उपचार भइरहेको छ ।
बा ४ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए । प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी गरेका छन् भने अर्को गाडीमा तोडफोड । विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जानकारी दिएको छ । पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई ठक्कर दिएपछि क्याम्पसका विद्यार्थीहरुले अर्को गाडीमा आगजनी गरेका थिए । अहिले आगो पूर्ण नियन्त्रणमा लिइएको छ भने व्यापक प्रहरी परिचालन गरिएको छ ।
विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका छन् ।
अहिले पनि अवस्था भने तनावग्रस्त छ । प्रहरीले पशुपति क्याम्पस वरपर ठुलो सँख्यामा प्रहरी परिचालन गरेको छ । प्रहरी र विद्यार्थीबीच केहीबेर झडप समेत भएको थियो । र, सो क्रममा केही विद्यार्थी घाइते भएको पशुपति क्याम्पसका विद्यार्थी नेता करूणासागर सिग्देलले जानकारी दिए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल