Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चितवनमा ईभी कारमा आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा मृत्यु भएका पुरुषको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको बसन्तचोकस्थित सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको थियो।

स्थानीयका अनुसार गुडिरहेको अवस्थामा कारमा आगलागी भएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक पुरुष जलेको अवस्थामा मृत फेला परेका थिए।

प्रहरीका अनुसार मृतक कार चालक अमर पराजुली हुन्। उनी नारायणी विद्या मन्दिर, शिवघाटका पूर्वसञ्चालकसमेत रहेको प्रहरीले जनाएको छ। पराजुली बिहान हेटौँडाबाट कार चलाएर भरतपुरतर्फ आउँदै गर्दा घटना भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।