Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चितवनमा फेरि थपिए १२० जना कोरोना संक्रमित

चितवन । कोरोना संक्रमणको हटस्पट बन्दै गएको चितवनमा संक्रमित थपिनेक्रम जारी छ । चितवनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार अबेर राति संक्रमण पुष्टि भएका १२० जनामध्ये १०२ जना चितवनका हुन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएका ६५ जनामध्ये ६१ चितवनका हुन् । धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका संक्रमित देखिएका छन् । यस्तै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उनले जानकारी दिए । चितवनमा मात्रै १०२ जना संक्रमित थपिएपछि जिल्लामा संक्रिमितको सङ्ख्या ६२७ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन् । शनिबार नै चितवन मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना संक्रमितको मृत्यु भएको छ । योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ । तीमध्ये चार चितवनका हुन् भने अन्य अरू जिल्लाका हुन् ।