Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिनका पत्रकारलाई अमेरिकाले रोक्यो

एजेन्सी । कोरोना संक्रमणले महाशक्ति राष्ट्र चीन र अमेरिकाबीच सम्बन्ध चिसिएको छ । एक अर्काबीच दोषारोपण गर्ने काम जारी रहेको बेला चीनले कोरोना भाइरसको महामारी फैलाएको आरोप लगाउदै आएको अमेरिका चिनियाँ पत्रकारलाई भिसा दिन पनि कडाई गर्न थालेको छ । अमेरिका र चीनबीच कोरोना भाइरसको विषयमा विवाद भइरहेका समयमा अमेरिकाले चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाइ गरेको हो । चिनियाँ पत्रकारहरुका लागि जटिल बनाइएको भिसाको नयाँ नियमले उनीहरुलाई अमेरिका प्रवेश गर्न गाह्रो हुने रोयटर्सले जनाएको छ । भिसा पाउन केरकस्ता नयाँ नियम थपिएको छ भन्नेबारे केही खुलाइएको छैन । यसअघि चीनले अमेरिकाबाट प्रकाशित हुने तीन वटा पत्रिकाका पत्रकारलाई देश निकाला गरेपछि त्यसैको जवाफस्वरुप अमेरिकाले कडाई गरेको हुन सक्ने आकलन भएका छन् । गत मार्चमा चीनले तीन जना पत्रकारलाई देशनिकाला गरे लगत्तै अमेरिकाले पनि चीनका पाँच सरकारी सञ्चारमाध्यका पत्रकारलाई सीमित क्षेत्रमा मात्र पहुँच दिने निर्णय गरेको थियो ।


सम्बन्धित समाचार