Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिनविरोधी च्याङ चिङ नेपाली वामपन्थ

  • अर्जु्न ज्ञवाली

माओकी चौथी श्रीमति च्याङ चिङ । ४४ बर्षका माओसँग यिनले २३ बर्सको उमेरमा बिवाहा गरेकी थिइन् । माओको बुढेसकालमा यिनी निकै शक्तिशाली बनिन् । भ्याटिकनको चर्चले यिनै च्याङचिङलाई प्रयोग गरेर सास्कृतिक क्रान्तिका नाममा चिनियाँ मौलिक धर्म सस्कृतीमाथि आक्रमण गराए । जब माओको मृत्युु भयो देङ्स्यायो पेङको उदय भयो देङले सिआइ र चर्चले चियाङ चिङ मार्फत चलाएको इसाई मिसनरी सास्कृतिक क्रान्ति सफाया गरिदिए । तत्पश्चात सिआइएले चियाङ र माओवादको आवरणमा देङ बिरोधि अभियान चलायो । नेपालका कथित माओवादी भन्नेहरू यिनै चियाङ र सास्कृतिक क्रान्तिको आवरणमा इसाई मिसनरी बिचारका अमेरिकी युरोपेली मिसनरी अभियन्ता हुन् । नेपालको कम्युनिष्ट आन्दोलनको चौथो महाधिवेशन स्कुलिङ च्याङ्चिङ स्कुलिङ हो । मोहनबिक्रम सिह, मोहन बैध, प्रचण्ड, निर्मल लामा र यहाँका कथित माओवादी तिनै चियाङ चिङबादी हुन । अहिलेका रास्ट्रपति सि चीन फिङका बुबालाई सास्कृतिक क्रान्ति बिरोधिको रूपमा यातना दिइएको थियो । बुवाको यातना सहन नसकेर सि चीन फिङको दिदिले आत्महत्या गरेको इतिहास छ । नेपालको कथित प्रगतिबाद च्याङचिङ इसाई मिसनरी धारा हो । नेपालका सार्बभौम माओवाद, देङ सम्सोधनबादी, चिनियाँ साम्राज्यवाद भन्नेहरू चीन बिरोधि सिआइए प्रायोजित हुन् ।

परराष्ट्रमन्त्रीको चीन भ्रमण
चिनमा चियाङ चिङ बादी कथित सास्कृतिक क्रान्तिको सिआइए÷ इसाई एजेन्डा बोक्ने माओवादीहरूलाई प्रतिबन्ध लागाइएको छ । तथापि नेपालमा तिनै च्याङचिङ माओवादीहरू सतामा छन । अहिले चीन भ्रमणमा जानुभएका प्ररास्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि च्याङचिङ माओवादी हो । चिनले च्याङचिङ माओवाद चीनविरुद्ध सिआइए फण्डिङ इसाई मिसन हो भन्नेकुरा नबुझेको होईन तर विकल्प साधुरिएको अवस्थाको खराब मध्यको कम खराब विकल्प अहिलेको समीकरण हो । नेपालका च्याङचिङ माओवादीहरू राजतन्त्रको धुवाधार बिरोध गर्दछन । धर्म सस्कृतिका पनि त्यतिकै बिरोधि हुन किनकि उनीहरू कम्युनिष्ट होइनन् कम्युनिष्ट चीन बिरोधि कम्युनिष्ट आवरणका सिआइए÷ इसाई अनुचर हुन् । चीन, नेपालको भुराजनीति र राजा ज्ञानेन्द्रको भुराजनीति बुझाइमा कति दुरदृष्टि छ भन्नेकुरा चिनियाँ पत्रकारले लिएको राजा ज्ञानेन्द्रको अनुवादित अन्तरबार्ता च्याङचिङ माओवादीहरूले अध्यन गर्न जरुरी छ । चिनियाँहरू कम बोल्दछन् र ब्यवहारबाट मूल्यांकन गर्दछन् । नेपालमा माओकालिन समयमा पुष्पलाल नाम गरेको इन्डियन एजेन्टले माक्र्सवाद, लेनिनवाद, माओबिचार धाराको नारा दिइयो । तर माओले उसलाई कम्युनिष्ट आवरणमा चिनको जासुसी गर्न च्याङचिङ बादी माओवादीलाई जस्तै पहिचान गरिसकेका थिए । त्यसकारण डा. केशरजंग रायमाझीको टोलिमा एकपटक रायमाझीको पहलमा चीन गएका पुष्पलाललाई माओकालिन चिनमा दोस्रो पटक कहिल्यै बोलाइएन किनकि उनी कम्युनिष्ट आवरणमा रअ को काम गर्ने चीन बिरोधि जासुस थिए । ठिक च्याङ चिङबादी मोहन बिक्रम सिह, निर्मल लामा हरूलाइ पनि चीन बोलाइएन किनकि यिनिहरू पश्चिमा÷ इसाई धारका चीन बिरोधि थिए । तर नेपालमा पुस्पलाल नामक इन्डियन एजेन्टले राजाबादी गद्द्दार भन्ने केशजङ्ग रायमाझी र संसोधनबादी भनेर यिनिहरूले भन्ने मनमोहन अधिकारीलाई माओले सधै स्वागत गरे । अहिलेको सि चीन फिङ चिनियाँ सता सास्कृतिक क्रान्ति च्याङचिङ बिरोधि सता हो । बर्तमान रास्ट्रपति सि चीन फिङका बुवा त सास्कृतिक क्रान्तिको नाममा इसाई च्याङचिङ माओवादीले यातना दिएका थिए । नेपाल भ्रमणमा चिनियाँ रास्ट्रपति सि चीन फिङले चीन बिरोधि पश्चिमालाइ खरानी बनाउने उदघोस च्याङचिङ माओवादीहरूमा पनि लागु हुनेछ । राजतन्त्र भुराजनीति र चीन बुझन राजा ज्ञानेन्द्रको यो पुस्तकको अनुवादित अन्तरबार्ता सहयोगी हुनेछ ।

बोआओ फोमरमा नेपाल बहिष्कृत
चिनले यसपटक सरकारी स्तरमा बोआओफोरममा नेपाललाई किन निमन्त्रणा गरेन ? सिआइए र युरो ÷इसाई मिसनका च्याङचिङबादी कथित नेपाली माओवादीको हैसियत कती छ ? चिनले बोआओ फोरममा राजालाई सधै उच्च सम्मानका साथ निमन्त्रणा दिने गर्दथ्यो र राजाहरूले त्यसलाई ग्रहण गर्दै आइरहेको इतिहास जिवन्त रहेको छ । इन्डो÷ पश्चिमा योजनामा सिआइए÷ इसाई फण्डिङ चीन बिरोधि च्याङचिङ माओवादीलाई अग्रभागमा देखाएर इन्डो÷ पश्चिमा योजनामा सेनाले गणतन्त्र ल्याइसकेपछी बोआओ फोरममा नेपालको उपस्थिति कमजोर देखिन्छ । सिआइए फण्डिङ एनजीओ एमाले अध्यक्ष केपी ओलि उनको कार्यकालमा निमन्त्रणा दिदादिदै पनि इन्डियन र पश्चिमाको बफादारिता निभाउँदै गएनन् भने प्रचण्ड पनि गतबर्ष इन्डियन र पश्चिमाको बफादारिता निभाउदै गएनन् । तथापि चीनसँग नेपालको सेना र कांग्रेस पुर्णतः पश्चिमा मिसनमा रहेको अवस्थामा च्याङबादी बामपंथी प्लेट फर्मबाटै खेल्नुपर्ने बाध्यता रहेको छ । यदि यो बामपंथी गठबन्धनले अब च्याङचिङ लाईन छोडेनन भने सेनाले अमेरिकी मिसन बोकिरहे सैनिक अप्रेसन हुनसक्छ । तर नेपाल कुनै हालतमा नयाँ युक्रेन हुन सक्तैन । प्रहरीको हवल्दारको जति इज्जत नभएका नेपालका सैनिक जर्नेल र अन्तर्राष्ट्रिय रूपमा प्रहरीको इनिस्पेक्टरको जतिपनि बिश्वास राख्न नसकेका सेनापतीहरूले हेक्का राख्दा हुन्छ । भुराजनीति संतुलन गुमाउदाको सैन्य अप्रेसन निर्मम हुन्छ । नेपोलियनले भनेका थिए सुतिरहेको चीनलाई सुत्न देउ नउठाउ । उठायौ भने सन्सार खानेछ । दरबार हत्याकाण्ड, गणतन्त्र, एमसिसि, एसपिपि मार्फत उठायौ । अब समाप्तिको बाटो कुरेर बस तिमीहरूको अन्त्य निश्चितै छ समय मात्रै निश्चित नभएको हो । माल्दिभ्सबाट सुरुवात भैसकेको छ । चीन व्यापारी हो भारतलाई चिडाउदैन भन्नेले माल्दिभ्स हेर । यसो भन्नेहरू पुस्पलाल मार्काका इन्डो÷ पश्चिमा अनुचर र च्याङचिङबादी हरूहुन । माल्दिभ्सले यिनिहरूलाइ जवाफ दिइसकेको छ ।

एसडी मुनि र च्याङ चिङ माओवादी सम्बन्ध
बिवादस्पद भारतीय प्रा.एसडि मुनि (सुकदेब मुनि) नेपालको बर्तमान नयाँ सत्ता समिकरणपछि भारतीय खुफिया एजेन्सी रअसँग निकट प्रा. लोकराज बरालकोमा सिमाबिद् बुद्धिनारायण श्रेष्ठ, प्रराष्ट्रविद् दिनेश भट्टराई, पत्रकार अजयभद्र खनाल लगायत आफ्ना शुभचिन्तकहरूसँग भेटघाट गरेकाछन् । २०४६ को बहुदलीय ब्यवस्था स्थापनापछि नेपालको निर्वाचनलाई लिएर उनै बरालकोमा बैठक बसेको जानकारहरू बताउँछन । २०४८ को निर्वाचनमा नै नेपालमा बामपन्थीहरूको बहुमत आउने देखिएपछि मोहनबिक्रम सिंहको तत्कालीन नेकपा मसाललाई बहिष्कार गर्न लगाएर कांग्रेसको बहुमत गराइएको थियोे । मसालको आधार ईलाका प्युठान, बाग्लुङ, अर्घाखाँची, कैलालीमा कांग्रेसलाई जिताइएको थियोे । त्यही मसालले ०४९ सालमा स्थानीय निर्वाचनमा भागलिएको थियोे । नेपालका च्याङचिङबादी माओवादी सिआइए मिसन अन्तर्गत युरो ÷ इसाईबाट परिचालित छन् र एसडि मुनि सिआइएसँग जोडिएका इसाई मिसनरी परिचालित रअसँग आबद्ध भारतीय बुद्धिजीवी हुन् ।
नेपालका भारतीय बिस्तारबादको नारा दिने च्याङचिङबादी माओवादी मसाल, पुष्पलाल जस्तै राष्ट्रबादको नारादिने, नागरिकता, ग्रेटर नेपालको एजेन्डामा देखिने नेपाली केहि पात्रहरू पनि इन्डियन रअ बाट सञ्चालित छन् । बुद्दिनारायण श्रेष्ठ त प्रतिनिधि पात्र मात्रै हुन् । यसप्रकारका पात्रहरूको बिगबिगी नेपाली मिडिया र बौद्धिक बर्गमा रहेको छ । राजा महेन्द्र विरुद्ध कन्स्पिरेन्सी थ्यौरी प्रयोग गर्ने यही गिरोह हो । जसरी नेपाली मिडिया, पत्रकार, प्रकाशन सस्थामा रअ ले प्रवासी नेपालीहरू परिचालन गरेको छ राजनीतिमा पनि त्यो देखिन्छ । नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त गर्न बर्मेली प्रबासी नेपाली सहाना प्रधान मार्फत सिआइए र रअ ले सुरुदेखिनै चिनको जासुसी गर्न पुस्पलाललाइ अगाडि लगाए राणा बिरोधि आन्दोलनमा सहिद भएका गंगालालको भाइ भएकोले पुष्पलाल मार्फत जासुसि गर्न रअ र सिआइएलाइ सहज भयो । इन्दिरा गान्धिले लात हानेपछि जब बिपि कोइराला नेपाल फर्किए राजा राष्ट्र, राजनीति उनको टेपरेकडबाट उतारिएको पुस्तकमा पुस्पलाल र मोहनबिक्रम रअ ले चलाएको खुलासा गिरिदिए । तर इसाई मिसनरिसँग जोडिएका पुष्पलाल च्याङ चिङ माओवादीको विषयमा बिपि बोलेनन् किनकि उनको पनि केन्द्र भ्याटिकननै थियोे । जिससको बारेमा बिपि र पुस्पलालको एउटै मतछ । पुस्पलालको रचना भाग १ र बिपि को राजा राष्ट्र राजनीति पुस्तकमा जिसस बारे हेर्नुस् । यी दुबै वैदिक सनातन हिन्दू धर्म बिरोधि हुन् । यिनै एस डि मुनि मार्फत् प्रचण्ड÷बाबुरामले तत्कालिन भाजपा प्रधानमन्त्री अटलबिहारी वाजपेयीलाई निवेदन हालेका थिए । अहिले च्याङचिङबादी माओवादीकै घोडा चढेर चीन बामपंथी ध्रुवीकरण साथ उपस्थिति जनाएपछी र विशेषत बि आर आइ कार्यान्वयनमा अग्रसरता लिएपछि यिनिहरूको निद्रा हराम भएको छ । नेपालको सेनाले आफ्ना अधिकृत क्याडरहरूलाइ बाबुराम भट्टराई, बुद्धिनारायण श्रेष्ठ, द्वारिकानाथ ढुङ्गेल, सुर्यनाथ उपाध्याय जस्ता एसडि मुनि मिसनका ब्यक्तिहरूबाट क्लास लिने गर्दछ । किनकि बाबुराम भट्टराई १० बर्ष च्याङचिङ बादी माओवादी इसाई हिंसाका खलनायक हुन् । द्वारिकानाथ ढुङ्गेल राष्ट्रघाती महाकाली सन्धि गर्न सघाउने तत्कालीन जलस्रोत सचीव हुन् भने सुर्यनाथ उपाध्यक्ष राष्ट्रघाति टनकपुर सन्धिमा गिरिजाप्रसाद कोइरालालाई फसाइदिने ब्यक्ति हुन् । नागरिकताबादी साध्यबहादुर भण्डारीले सबैभन्दा देशभक्त सुर्यनाथ उपाध्यायलाई मान्दछन् । लिम्पियाधुरा लिपुलेक नापी बिभागको निर्देशक हुँदा गायब पार्ने बुद्धिनारायण श्रेष्ठ हुन् । ग्रेटर नेपाल भन्ने फणीन्द्र नेपाले गुरु मान्ने बुद्धिनारायण श्रेष्ठ हुन् ।
भुराजनीतिमा नेपाललाई युक्रेन बनाउने सेना, कांग्रेस आरएसएसबादी नक्कली हिन्दूहरूका कारण चिनको लागि बामपन्थी ध्रुवीकरण खराब मध्यको कम खराब विकल्प हो । यो समीकरण कसरी तोडफोड गर्ने बिआर आइ कसरी रोक्ने भन्ने विषयमा एसडि मुनि मिसन केन्द्रित देखिन्छ । देख्दा आरएसएस आबद्ध नक्कली हिन्दूबादी भन्नेहरू एसडि मुनि बिरोध जस्तो देखिए पनि नेपालमा चिनको उपस्थिति र भुराजनितिक सन्तुलनको विषयमा आरएसएस बादी स्कोन, साइबाबा, ब्रह्माम कुमारी राजयोग, राधे राधे, इसाई मिसनरिको एउटै धारणा हुनजान्छ । जस्तो एमसिसि जस्तो भुराजनीति गिजोल्ने पश्चिमा÷अमेरिकी परियोजनाको पक्षमा को को उभिए ? हेरौत ? एमसिसि बिरोधि चिनियाँ चौकिदार हुन भन्ने दलाइ लामावाला बौद्ध, आरएसएस आबद्ध हिन्दू आवरणमा रहेकाहरू, धर्मनिरपेक्षताबादी बाबुराम भट्टराई देखी जातिबादी कथित मधेसबादी भनिने महन्त ठाकुरहरू, मङ्गोल नेशनल अर्गनाइजेसन नामक इसाई मिसनरी गिरोह सम्म । देख्दा बिपरित देखिने यिनिहरूलाइ बिआर आइ विरुद्ध एम सि सिको पक्षमा कुन शक्तिले एकैठाउँ उभ्यायो ? आफैंमा क्लियर छैन र ? यिनिहरू नेपाल एकीकरण बिरोधि हुन् । महेन्द्र बिरोधि हुन् । कम्युनिष्ट बिरोधि पनि हुन् । चीन ÷ रुस ध्रुव बिरोधि पनि हुन् । वास्तविक प्रजातन्त्र बिरोधिपनि हुन । किनभने २००८ सालमा कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध लगाउने नेपाली कांग्रेसलाई यिनिहरू प्रजातान्त्रिक देखछन, २०१५ सालमा योगि नरहरिनाथको कर्मबिर महामण्डललाइ प्रतिबन्धित गर्ने बिपि कोइरालालाई लोकतान्त्रिक देखछन तर राजा महेन्द्रको २०१७ पौष १ को कदम तानाशाही भन्दछन् । राजा महेन्द्रले भन्दा पहिल्यै पार्टीमाथि प्रतिबन्ध त कांग्रेसले लगाएको थियोे । बिपि कोइरालालाई लोकतान्त्रिक देख्ने कथित कम्युनिष्ट च्याङ्चिङबादी चीन बिरोध सिआइए युरो इसाई मिसनरी जासुसहुन बिपि कोइराला र यो च्याङ्चिङ बादी कम्युनिष्टको केन्द्र एउटै हो । त्यो हो चर्चको केन्द्र भ्याटिकन । त्यति मात्रै होईन अहिलेको राप्रपा नामक राजाबादी आबरणको पार्टीको केन्द्रपनि च्याङचिङबादी माओवादी र बिपिबादीकै भ्याटिकन हो । किनभने माओको सल्लाहमा भुराजनीति संतुलन कायम गर्न महेन्द्रलाई सहयोग गर्ने डा. केशरजङ्ग रायमाझी र रास्ट्रबादी नेता राजेश्वर देवकोटाको नाम यिनिहरू लिदैनन बिपि कोइराला को २०३३ सालको इन्दिरा गान्धिले लातहाने पछी फर्किएको कदमलाई राष्ट्रबादी देन्छन् । अनि डा केशरजङ्ग रायमाझीलाई राजाबादी देख्ने च्याङचिङ माओवादी इसाई कम्युनिष्टहरूले बिपिलाई राजाबादी देख्दैनन् लोकतान्त्रिक देख्छन् भने राप्रपा नामक राजाबादिहरूले केशरजंग रायमाझीलाई राष्ट्रबादी देख्दैनन् महाकाली सन्धि बिरोधि राजेश्वर देवकोटालाई पनि देख्दैनन् गण्डकी बेच्ने बिपि कोइरालालाई राष्ट्रबादी देख्छन । कारण यिनिहरूको मुलकेन्द्र पश्चिमा÷भ्याटिकन हो । कांग्रेस ÷ एमाले सरकार बनाउन लागि परेकाहरूको केन्द्र पनि चीन बिरोध बिआराइ बिरोधि केन्द्रनै हो । उनीहरूले बुझेकाछन बिआरआइ कार्यान्वयन हुनासाथ नेपाल इन्डो÷ पश्चिमा बेस्टित घेराबाट मुक्त हुनजान्छ ।

वास्तविक कम्युनिष्ट महेन्द्र र केशरजंग
वास्तवमा राजा महेन्द्र राजा भएपनि उनको कार्यकालको निति क्रार्यक्रम र योजनाहरू समाजबादी थिए । वास्तविक कम्युनिष्टहरूले महेन्द्रको आलोचना होईन समर्थन र सहयोग गरेका थिए तिनै मध्यका हुन् नेपाल कम्युनिष्ट पार्टीका सस्थापक डा. केशरजंग रायमाझी । विशेष गरेर कम्युनिष्ट आवरणमा रहेका च्याङचिङ बादी र युरो÷सिआइए प्रायोजित माओवादी हरू महेन्द्र र डा रायमाझीको धुवादार बिरोध गर्दछन । चिनमा च्याङ्चिङ र माओवाद भन्नेहरूलाई सिआइएले चलाएको हुनाले प्रतिबन्ध लागाइएको छ । नेपालको चौथो महाधिवेशन घटक कथित कम्युनिष्टहरू तिनै च्याङचिङ र अमेरिकी नागरिक बभअभाकियन निर्देशित माओवादी हुन । विशेष गरेर मोहन बिक्रम सिह, निर्मल लामा, मोहन बैध, प्रचण्डहरू च्याङ्चिङबादी प्रवृत्तिका हुन र यिनिहरूको स्कुलिङ च्याङचिङबादी माओवादीको चिनियाँ धर्म सस्कृती बिरोधि भएजस्तै नेपाली मौलिक हिन्दू, बौद्ध, किराँत धर्म सस्कृती बिरोधि हो । यहाँको कथित प्रगतिवाद त्यसको अवयब हो । च्याङचिङबादी सास्कृतिक क्रान्तिवाला इसाई माओवादीहरू र युरो ÷ पश्चिमा एनजीओ एमाले कम्युनिष्ट होइनन् तथापि जनमत देशभक्त र चीनमैत्रीनै हो । सिआइए फण्डिङ इसाई कम्युनिष्टहरू कम्युनिष्ट बिरोधि बिपि कोइरालालाई लोकतान्त्रिक मान्दछन पुष्पलाल प्रवृत्तिका अनुचरहरू यस्तै हुन । अहिलेको समीकरणमा च्याङ्चिङबादी इसाई माओवादी र युरो पश्चिमा एनजीओबादी एमालेको हो । इन्टरनेशनल शोस्लिस्टबादी कांग्रेस भन्दा जनमतको हिसाबले नेतृत्व च्याङचिङ माओवादी चीन बिरोधि बाहुल्यता भएपनी जनमत नेपाल चीनमैत्री देशभक्तनै हो । अहिलेको समीकरण भित्र चिनियाँहरूको उपस्थितिलाई यसरी बुझ्नुपर्दछ ।
अहिलेको बदलिँदो समीकरण भुराजनीति दृष्टिकोणले २०१७ पौष १ को राजा महेन्द्रको कदमकै नयाँ आयाम हो । २०१७ सालको राजनीति घटना बिपि कोइरालाको अति पश्चिमाकरणको परिणाम थियोे । तथापि राजा महेन्द्र राणा नियन्त्रणमा रहेको पश्चिमा सेनाकै घेरामा थिए । अहिले कांग्रेस र सेनाको अति पश्चिमाकरणको कारण बर्तमान समीकरण बाध्यात्मक रूपमा बनेको छ तथापि प्रचण्ड ÷ ओलि पश्चिमा प्लेटफर्मकै उत्पादन हुन् । राजतन्त्र बिस्थापनको १६ बर्ष राजा ज्ञानेन्द्रको अवस्था हेर्दा नत उनलाई पुरानो सेनाले महेन्द्र मोडेलमा साथदिने अवस्था रहयो नत उनी नरोद्दम सिहानुकले जस्तै यो सेनासँग बिद्रोह गरेर आफ्नो किता क्लियर गरे । यो अवस्थामा राजा बिरेन्द्रको कत्लेआम गरेको सेना र देशीविदेशी घेराबाट राजतन्त्र पुनः स्थापना चीन÷ध्रुबकै कारण सम्भावना रहेन बिकल्पको रूपमा चीन÷ रुस ध्रुव बामपंथी ध्रुवीकरणकै सता स्थापना मार्फत बिआरआइ कार्यान्वयन लगायत योजना कार्यान्वयनको दिशामा केन्द्रित रहे । यदि सेनाले राजा ज्ञानेन्द्रलाइ २०१७ पौष १ को महेन्द्र मोडेलमा सहयोग गरेनभने बामपंथी समीकरण लामोसमय जानसक्छ । यसैलाई फिल्टर गरेर चीन÷रुस ध्रुवले नेतृत्व निर्माण गर्न सक्दछ । त्यो अवस्थामा कम्बोडियामा जस्तो पुरानो सेना विघटनको यात्रानै हो । भुराजनीतिले पर्खेर बस्दैन ।


सम्बन्धित समाचार