Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपालमा

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणको तयारी चिनले भिभित्रै मिलाइरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ तीन दिने भ्रमणका लागि नेपाल आएका छन् । उनी थाइल्याण्ड हुँदै नेपाल आएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेश विभागको निमन्त्रणामा उनी नेपाल आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोङ ताओलाई नेकपाको पार्टी स्कूल विभागका उपप्रमुख घनश्याम भुषाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले स्वागत गरेका छन् । नेकपाका नेता एवं विदेश विभाग प्रमुख माधव नेपालको निमन्त्रणामा सोङ नेपाल आएको रिजालले जानकारी दिए ।
चिनियाँ राष्ट्रपति सि चनि फिङको आशन्न नेपाल भ्रमणको तयारीका साथै उनी नेपाल कम्युनिस्ट पार्टीसँग हुन लागेको अन्तरक्रियामा सहभागी हुन नेपाल आएका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने गरी आयोजना हुने कार्यक्रममा भाग लिन अन्य ४० जना चिनियाँ काठमाडौं आइसकेका छन् । काठमाडौंको होटल याक एन्ड यतिमा असोज ६ र ७ गते हुने कार्यक्रममा नेपालबाट दुई सय र चीनबाट ४० जनाको सहभागिता रहने कार्यक्रम रहेको जनाइएको छ ।
विदेश विभाग प्रमुखसोङले नेपालमा रहदाँ राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका शीर्ष नेतालगायतसँग भेटवार्ता गर्ने छन् ।