Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चीनले केही अमेरिकी अधिकारीमाथि भिसा प्रवेशाज्ञामा प्रतिबन्ध लगाउने भएको छ । मानव अधिकार उल्लङ्घन गरेको आरोपमा वासिङ्टनले यसै महिना चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्धको जवाफस्वरुप चीनको यस्तो कदम आएको हो ।
‘चिनियाँ पक्षले केही अमेरिकी अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । उनीहरूले मानव अधिकारको विषयमा अफवाह फैलाएको र चीनविरुद्ध प्रतिबन्ध लगाउनुका साथै चीनको स्वार्थमा क्षति पुर्याएका छन्,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार बताए ।
अमेरिकाले मानव अधिकारको विषयलाई गलत रूपमा व्याख्या गरेको र यो चीनको आन्तरिक मामिला भएको दाबी उनले गरे । ‘अमेरिकाले बेइजिङलाई अपजसमा पार्नका लागि गरेको बयानबाजी हो यो,’ उनले भने, ‘यस किसिमको कदम अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तको गम्भीर उल्लङ्घन हो
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल