Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिनियाँ मन्तरपछि जागे बामदेव

काठमाडौं । नेकपा विभाजनमा कतै पनि नखुलेका उपाध्यक्ष वामदेवगौतम चिनियाँ टोलीसँगको भेटघाटपछि निकै उत्साहित भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम शुक्रबार पहिलोपटक राष्ट्रियसभाको अधिवेशनमा पहिलोपटक सहभागी भए । सपथ लिएको लामो समयपछि उनी अधिवेशनमा सहभागी भएका हुन् । राष्ट्रियसभामा उनी सबैभन्दा हेभिवेट नेता पनि हुन् । उनले अधिवेशनबाट निस्कँदा नेकपा एकता अभियानमा आफू संगठित रुपमा लाग्ने खुलाए । वामदेव १५०१ जनाको एकता अभियान बनाएर सक्रिय हुँदैछन् । उनले आउँदो हप्ता यसको घोषणा गर्ने तयारी गरेका छन् । नेकपा विभाजन नभइसकेको उनको जिकिर छ । हुनपनि औपचारिक रुपमा नेकपा विभाजन भइसकेको छैन । निर्वाचन आयोगले टुंगो लगाउन बाँकी छ । कानुनले पनि नेकपा विभाजत हुन दिदैन । वामदेवको यो तर्क जायज छ । तर, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विभाजन भइसकेको बताइसकेका छन् । गौतम आत्तिएका र हरेश खाएका छैनन् । उनले ओली र प्रचण्डलाई मिलाउने प्रयास गर्ने खुलाएका छन् । प्रचण्डलाई भेटेर एकताको सूत्रबारे कुरा चुहाइसकेका छन् । नेकपा नेता दिनानाथ शर्माले वामदेवसँग नेकपा मिलाउने रसायन भएको बताएका छन् । तटस्थ भूमिकामा रहेका वामदेवलाई दुवै पक्षका धेरैजसो नेताहरुको साथ छ । बादलले पनि उनलाई भेटेका थिए । बादल ओली पक्षमा लागेपनि संयमित देखिएका छन् ।
नेकपा मिलाउन लागेका वामदेवलाई नेपाल भ्रमणमा आएको छ सदस्यीय चिनियाँ टोलीले पनि भेटेको थियो । टोलीको उद्देश्य पनि नेकपा एकता नै थियो । दुवैको उद्देश्य मिलेपछि वामदेव झन् उत्साही भएको बुझिएको छ ।


सम्बन्धित समाचार