Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मर्दा पर्दा चाहिने भनेकै छिमेकी हो । तर मुलुकमा यति ठूलो परिवर्तन हुँदा पनि उत्तरतिरको छिमेकी यतिबेलासम्म प्रतिक्रिया बिहीन बनेको थियो । प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो भएको भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सयहोग गर्ने बताएका थिए। परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीका नताले चीनले नेपालका जनताको चाहानालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका थिए। नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं, राजदूत सोङले भनेका थिए, आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ। कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले भेटेको यो पहिलो पटक हो।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल