Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिनियाँ राजदूतसँग भेट पछि बालकोट पुगे प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि बालकोट पुगेका छन्।
प्रचण्डले संसदबाट विश्वासको मत लिइसके पनि मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन्। त्यसैको सिलसिलामा वार्ता गर्नका लागि प्रधानमन्त्री आज ओली निवासमा पुगेका हुन्।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँग बालुवाटारमा आज शिष्टाचार भेट गरेपछि प्रचण्ड बालकोट पुगेका हुन्।

मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर दुई नेताबीच छलफल हुँदै आएको छ। बालकोट वार्तामा सभामुख निर्वाचन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल