Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे अनविज्ञ नेपाली पत्रकारहरू

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमण सम्पन्न भएको छ । भ्रमणबारेका विषय र कुराहरू नेपाली पत्रकारहरूले चीनको आधिकारीक समाचार संस्था ग्लोबल टाइम्स र सिन्ह्वामार्फत् जानकारी पाएका छन् । उनीहरूले नेपालमा चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा भएका भेटघाट र कुराकानीका विषयमा कुनै जानकारी पाएनन् । यसको मुल कारण नेपालका कर्पोरेट मिडियाहरू हुन् या साना अनलाइन मिडियाहरू, सबै अधिकांश त यहाँका स्थापित र चर्चित भनिएकाहरू अन्तर्राष्ट्रिय रुपमा सिआइएका लागि काम गर्ने जर्ज सोरोसको पैसाबाट सञ्चालित छन् ।

“रूसले अमेरिकी अरबपति ब्यापारी र Open Society Foundations का संस्थापक जर्ज सोरोस विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ । रुसले जर्ज सोरोसलाई युक्रेन युद्धको मुख्य प्रवर्द्धन कर्ता भएको आरोप लगाएकाे छ। केही बर्ष अगाडी यिनै जर्ज सोरोसलाई चीनले अन्तर्राष्ट्रिय आतंककारी भनेर आरोप लगाएकाे थियाे। जर्ज सोरोज नेपालको लागि पनि कुनै नौलो नाम होइन । उनको संस्था Open Society Foundations यहाँ पनि कार्यरत छ ! नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष संविधानको माहौल तयार गर्न भनेर यिनको संस्थाले नेपाली मिडियामा लगाएको लगानीको फेहरिस्त हेरौं !!
1. Centre for Investigative Journalism ले 2016 मा ओपन सोसाइटी फाउन्डेसनबाट $105,000 पैसा पाएको रहेछ।
2. Shikshak Magazine ले 2017 मा मात्र $95,350 पाएको रहेछ।
3. Media Academy Nepal ले 2017 मा $40,000 पाएको रहेछ।
4. Antenna Foundation Nepal (AFN) ले 2018 मा $67,951 पैसा पाएकाे रहेछ।
5. त्यस्तै Role of Media to Strengthen the Governance System भन्दै Chandani Nepal भन्ने लाई 2017 मा $19,626 अनि 2018 मा $30,737 प्राप्त गरेको थियो।
6. Center for Media Research-Nepal 2017 मा $23,396 अनि 2018 मा $59,890 पाएका रहेछन्‌
7. Centre for Investigative Journalism (Nepal) ले 2019 फेरि $79,500 पाएको रहेछ।
8. Sancharika Samuha ले पनि 2019 मा जम्मा $48,000 पाएको रहेछ।
9. Tana Bana Private Limited भन्ने जस्ले हेर्ने कथा भनेर सुरु गरेको छ तेस्ले पनि 2019 मा मात्र $125,000 प्राप्त गरेको रहेछ।
10. Boju Bajai ले पनि 2019 मा मात्र $57,500 पाएको रहेछ।
11. अनि यो Himal Southasian लाई Himal Southasian’s growth and expansion in Sri Lanka as a new digital media organisation भनेर 2019 मा जम्मा $130,000 दिएको रहेछ।
12. अनि यो Ujyaalo Multimedia Pvt. Ltd. 2017 मा $279,000 , 2018 मा जम्मा $260,000 त पाएको रहेछ। 2019 मा $50,630 पाएकाे थियाे।
चीनको नजरमा आतंककारी रसीयाको नजरमा युद्ध अपरधि नेपालको मिडियाको नजरमा अन्न दाता !! नेपालको लोकतान्त्रिक संविधान जोगाउने रक्षक !!

चीनको नजरमा आतंककारी रसीयाको नजरमा युद्ध अपरधि नेपालको मिडियाको नजरमा अन्न दाता !! यस प्रकारका पत्रकार र सञ्चार संस्थाहरूमा कान्तिपुर, नयाँ पत्रिका, नागरिक, अन्नपूर्ण पोष्ट, राजधानी, नेपाल टप, एभिन्युज, हिमालय टेलिभिजन, कान्तिपुर टेलिभिजन, एपि वान टेलिभिजन, माउन्टेनलगायतका छापा र विद्युतीय संञ्चार संस्थाहरू पर्दछन् । यस्ता संस्थाहरूमा काम गर्ने पत्रकारहरू पनि जर्ज सोरोसको अवैधानिक पैसाबाट पालिएका छन् । त्यतिमात्र होइन, दलाई लामाको आत्मकथा छाप्ने फाइन प्रिन्ट, स्वतन्त्र तिब्बत पक्षधरलाई उक्साउन अप्ठ्यारो बाटो छाप्ने सांग्रीला, चर्च मिशनमा स्थापना भएको एकता बुक्स, जगदम्बा प्रकाशन, बुकहिल लगायतका नेपालका धेरै प्रकाशन संस्थाहरू जर्ज सोरोसको अवैधानिक सिआईए र क्रिश्चियन लगानीको मिशनमा त्यस्तै किसिमका पुस्तकहरू प्रकाशन गरेर नेपाली बजारमा बौद्धिक आतंक मच्चाइरहेका छन् । यसकारण चीनले कुनै पनि नेपाली पत्रकारहरूलाई प्रवेश गर्न पनि दिएन, सूचना पनि पाएनन् । उनीहरूले जब ग्लोबल टाइम्स र सिन्ह्वाले समाचार सार्वजनिक ग¥यो त्यतिबेला मात्रै नेपालमा रहेको अवस्थामा चिनियाँ विदेशमन्त्रीले उच्चस्तरीय भेटघाटमा राखेका कुराहरूको जानकारी पाए । चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग डेढ घण्टा, प्रधानमन्त्री शेरबहादुर देउवासँग १ घण्टा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आधा घण्टा, एमाले अध्यक्ष केपी शर्मा ओलीको टिमसँग १ घण्टा ३५ मिनेट र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग छुट्टै १० मिनेट कुराकानी गर्नुभएको थियो । चिनियाँ विदेशमन्त्रीको यो भ्रमणमा पूर्व प्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईले समय नै पाएनन् । माधव कुमार नेपालले प्रचण्डसँग सँगै भए पनि भेट पाउनका निम्ति आफ्ना स्रोतहरूमार्फत् प्रयत्न गरेका थिए तर चिनियाँ टोलीले उनको कुरालाई वास्ता गरेन । यसको मुल कारण माधवकुमार नेपाल नेकपा विभाजन गर्न भूमिका निभाउने महत्वपूर्ण पात्र भएको कुरा चिनियाँहरूले बुझ्नु हो । स्मरण रहोस्, २०४५ सालमा तत्कालिन मालेको ललितपुरको च्यासलमा बसेको बैठकमा भारतले हतियार दिन्छ राजतन्त्र सशस्त्र संघर्ष गरौं भनेर तीन पटक प्रस्ताव ल्याउने माधव नेपाल थिए ।
तत्कालिन महासचिव मदन भण्डारीले भारतीय सेना त के चिनियाँ लाल सेना आए पनि विदेशीको हतियार लिएर संघर्ष गर्नु हुँदैन भनेर उनको प्रस्तावलाई ठाडो रुपमा फिर्ता लैजान भनेका थिए । नियति या संयोग २०५० साल जेठ ३ गते मदन भण्डारीको हत्या भएपछि उनै माधव नेपाल एमालेको महासचिव बनेका थिए । यसैगरी उपेन्द्र यादवदेखि झलनाथ खनालसम्मले चिनियाँ विदेशमन्त्रीको भेट नपाउनुलाई उनीहरूको एमसीसीमा रहेको दोहोरो भूमिकालाई नै चिनियाँहरूले शंकास्पद रुपमा लिएको देखिन्छ । प्रचण्डलाई पनि आधा घण्टामात्रै भेट दिनुले चिनियाँहरूले माओवादीबाट धोका खाएको संकेतको रुपमा बुझ्न गाह्रो छैन । यस पटकको चिनियाँ विदेशमन्त्रीको भेटमा सभामुख अग्नि सापकोटा पनि प्राथमिकतामा परेनन् । विशेष गरेर सरकारी औपचारिकताबाहेक नेकपा एमाले नै भेटघाटको प्राथमिकतामा परेको देखिन्छ । विदेशमन्त्री वाङ यीले कुटनीतिक भाषामा नेपालको सार्वभौम सत्तामाथि विदेशी हस्तक्षेप भएमा चीनलाई सैह्य नहुने चेतावनी दिए । यो घुमाउरो रुपमा एमसीसीको आवरणमा अमेरिकनहरू चिनविरोधी सैन्य केन्द्र निर्माण गर्ने योजनामा रहे भने हामीले छाड्ने छैनौं भन्ने भाषा नै हो । जुन कुरा चिनको आधिकारीक समाचार संस्था ग्लोबल टाइम्स र सिन्ह्वामा प्रकाशित भएको छ । नेपालमा बग्रेल्ती खुलेका यतिका सञ्चारमाध्यमहरू छन् त्यसमा पनि गोर्खापत्र, नेपाल टेलिभिजन र रेडियो नेपाल जस्ता सरकारी अर्धसरकारी सञ्चार संस्थाका प्रतिनिधिले समेत चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा भएका कुराकानीहरूको सुइको समेत पाएनन् ।