Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिया निर्यातको समस्या रोक्न सरकार सक्रिय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपाली चिया निर्यातमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कूटनीतिक पहल तीव्र बनाएको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले भारततर्फ चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकार सक्रिय रूपमा लागिरहेको जानकारी दिइन् ।

‘समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग कूटनीतिक पहल भइरहेको छ । यस सम्बन्धमा भारत सरकारलाई पत्राचार गरिएको छ भने चिया व्यवसायीसँग पनि निरन्तर छलफल भइरहेको छ,’ उनले भनिन्, ‘भारतस्थित नेपाली दूतावासमार्फत समन्वयको काम जारी छ ।’

मन्त्री कुमारीका अनुसार नेपालमा हाल वार्षिक करिब २ करोड ६१ लाख किलो चिया उत्पादन हुँदै आएको छ । देशका १८ जिल्लामा २० हजार ६ सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको उनले बताइन् ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको तथ्यांक प्रस्तुत गर्दै उनले नेपाली चियाको ८० देखि ९० प्रतिशत हिस्सा भारतमै निर्यात हुने गरेको जानकारी दिइन् ।

भारतमा निर्भर निर्यात बजारका कारण बेला–बेलामा नेपाली चिया व्यवसायीले विभिन्न अवरोध र समस्या झेल्दै आएका छन् । सरकारले यसलाई दीर्घकालीन रूपमा समाधान गर्न कूटनीतिक तथा व्यापारिक पहल अघि बढाएको जनाएको छ ।


सम्बन्धित समाचार

इजरायलले २३ सय नेपाली कामदार लैजाने

२०८३ जेष्ठ १३

ताजा नेपाल

सिलिङभन्दा माथिको बजेट ल्याउने तयारी

२०८३ जेष्ठ १३

ताजा नेपाल

वाइसिएल बोलेपछि हर्क थचक्कै

२०८३ जेष्ठ १३

ताजा नेपाल