Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनका सबैभन्दा शक्तिशाली नेता सी

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ २० औं कम्युनिस्ट पार्टी कांग्रेसमा अभूतपूर्व तरिकाले तेस्रोपटक आफ्नो कार्यकाल सुरू गर्ने तयारीमा छन्। यसका साथै जिनपिङको आजीवन यस पदमा ररिरहने बाटो खुला हुनेछ। चीनका नेताहरूले सन् २०१८ मा केवल दुईपटक पदमा रहिरहने सीमा अन्त्य गर्न मतदान गरेका थिए। यो नियम १९९० दशकदेखि लागु थियो। जिनपिङले २०१२ मा सत्ता सम्हालेका थिए। र, उनको शासनमा तानाशाहीतर्फ अगाडि बढेको छ। असन्तुष्टी व्यक्त गर्ने आलोचक र प्रभावशाली अरबपत्ति तथा उद्योगपतिहरूमाथि जिनपिङले लगाम कसिरहेका छन्।
कतिपयले उनलाई चीनमा कम्युनिस्ट क्रान्तिका नेता र पूर्वशासक माओभन्दा बढी तानाशाह ठान्छन्। जिनपिङको शासनमा चीनले सिननियाङमा ‘रि–एजुकेसन’ क्याम्प स्थापित ग¥यो, जसमाथि मुस्लिम र अरू अल्पसंख्यक समुदायको मानव अधिकार उल्लंघन भएको आरोप पनि लाग्यो। चीनले हङकङमाथि आफ्नो बलियो पकड बनायो र आवश्यक परे ‘बलपूर्वक’ ताइवानलाई फेर कब्जामा लिने धम्की दियो। जिनपिङको प्रभावलाई देखेर कम्युनिस्ट पार्टीले २०१७ मा ‘सि जिनपिङको विचार’ मा आधारित किताबलाई संविधानमा समावेश गर्न समर्थनमा मतदान ग¥यो।
त्यसअघि चीनको कम्युनिस्ट पार्टीका संस्थापक माओ र १९८० को दशकमा डेंग शियाओपिङको विचार सामेल थियो।
राजकुमार, किसान र राष्ट्रपति
जिनपिङको जन्म १९५३ मा भएको थियो। उनका बुबा सि झोंगक्सुन क्रान्तिकारी र कम्युनिस्ट पार्टीका संस्थापकमध्येका एक थिए। उनी चीनका उपप्रधानमन्त्री पनि भएका थिए। ‘सानदार’ पारिवारिक पृष्ठभूमिका कारण जिनपिङको पालनपोषण राजकुमार जस्तै भयो। १९६२ मा बाबुलाई जेलमा राखिएपछि उनको परिवारमा नाटकीय मोड आयो। माओलाई आफ्नो पार्टीका नेतामाथि शंका भइरहन्थ्यो, खासगरेर आफ्नो प्रतिद्वन्द्वी नेतामाथि।
माओले त्यस्ता नेतालाई जेलमा हाल्न आदेश दिए। त्यसपछि १९६६ मा आएको सांस्कृतिक क्रान्तिका बेला लाखौं मानिस चिनियाँ संस्कृतिको विरोधी भनियो। जसले गर्दा देशभर हिंसक घटनाहरू भए। त्यस्ता घटनाहरूको असर जिनपिङको परिवारमाथि पनि प¥यो। आधिकारिक बयानहरूका अनुसार उनकी एक बहिनीको हत्या भएको थियो।
यद्यपि न्युयोर्क टाइम्सको एक रिपोर्टका अनुसार पार्टीका एक उच्च वर्गसँग परिचित इतिहासकारले उनले दबाबमा आएर आत्महत्या गरेको बताएका छन्। उच्च राजनेताका छोरछोरी पढ्ने विद्यालयबाट जिनपिङलाई निकालिएको थियो। पछि १५ वर्षको उमेरमा उनले बेइजिङ छाडिदिए। उनलाई देशको उत्तर–पूर्वमा गरीबीले जकडिएको सुदूर क्षेत्रको लियांगजियाहेमा ‘रि–एजुकेसन’ र कडा मिहिनेतका लागि पठाइयो। त्यहाँ उनी सात वर्षसम्म बसे।
तर, कम्युनिस्ट पार्टीलाई हेला नगरेर जिनपिङ झनै नजिकिए। उनले कैयौंपटक कम्युनिस्ट पार्टीसँग जुड्न प्रयास गरे। तर बुबाको विचारका कारण उनलाई समस्या भइरहेको थियो। अन्ततः सन् १९७४ मा हेबेइ प्रान्तमा उनले पार्टीमा ठाउँ पाए। त्यहाँबाट सुरू भएको यात्रापछि उनी वरिष्ठ भूमिका पाउँदै गए। र, एक दिन शीर्ष स्थानमा पुगे। १९८९ मा ३५ वर्षको उमेरमा उनी दक्षिणी फुजियान प्रान्तको निंगडे सहरमा पार्टीका प्रमुख थिए। त्यतिबेला बेइजिङको तियानमेन स्क्वायरमा राजनीतिक स्वतन्त्रताका लागि विरोध प्रदर्शन भइरहेको थियो।
हुनत यो प्रान्त राजधानी बेइजिङबाट धेरै टाढा थियो। तर, जिनपिङले अरू पार्टीका नेताहरूसँग मिलेर स्थानीय विरोध प्रदर्शनहरूलाई नियन्त्रण र दमन गर्ने प्रयास गरे। कम्युनिस्ट पार्टीमा भएको त्यो आन्तरिक विवाद र खुनी संघर्षलाई सरकारी तथ्यांक र देशको इतिहासको किताबबाट हटाइयो। तियानमेन स्क्वायरमा भएको खुनी संघर्षका कारण चीनले सन् २००० मा ओलम्पिक खेलको आयोजनाबाट बञ्चित हुनुप¥यो। त्यो घटनामा कैयौं मानिस मारिएको अनुमान गरिएको छ।
करिब दुई दशकपछि जिनपिङ सन् २००८ मा ओलम्पिकको इञ्चार्ज बने। आफू बदलिसकेको चीनले देखाउन चाहिरहेको थियो। ओलम्पिकको माध्यमबाट आफू उदयीमान शक्ति बनेको चीनले देखाउन चाहेको थियो। जिनपिङको अगाडि बढिरहेको कदले पार्टीका निर्णय लिने संस्था पोलिटब्युरोलाई पनि प्रभावित पा¥यो। र, सन् २०१२ मा उनी राष्ट्रपतिमा चयन भए। जिनपिङ र उनकी श्रीमती पेंग लियुआनलाई सरकारी सञ्चारमाध्यमले ज्यादै प्राथमिकता दियो। जिनपिङकी पत्नी लोकप्रिय गायिका हुन्। यो जोडी पूर्वराष्ट्रपतिहरूभन्दा फरक छ। यसअघिका राष्ट्रपतिका पत्नी सार्वजनिक रूमा बढी बाहिर आउँदैनथिए।
जिनपिङ र पेंगकी एक छोरी सि मिंगजे छिन्। उनको बारे बढी जानकारी बाहिर आएको छैन। तर, उनी हार्वर्ड विश्वविद्यालयबाट अध्ययन गरेको प्रष्ट छ। परिवारका अरू सदस्य र उनका विदेशी कारोबारबारे विदेशी सञ्चारमाध्यमले सँधै खोजबिन गरिरहेको पाइन्छ।
जिनपिङको चीन–सपना
जिनपिङ सँधै चीनको ‘कायाकल्प’ र आफूले देखेको सपनाअनुसार चीन बनाउने योजनामा अग्रसर देखिए। उनको शासनमा विश्वकै दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्थाले सुस्त विकास दरलाई अन्त्य गर्न कमजोर सरकारी उद्योगहरूमाथि लगाम लगाउने र प्रदुषण घटाउनका साथै अर्बौं रूपैयाँका ‘वन बेल्ट वन रोड’ परियोजनाले चीनलाई वैश्विक सम्बन्ध बढाउने दिशामा जोर दिइयो। चीनले वैश्विकस्तरमा आफ्नो धाक जमाउन साउथ चाइना सीमाथि आफ्नो शक्ति देखायो। साथै एसियाइ र अफ्रिकी मुलुकमा अर्बौं डलर लगानी गरेर आफ्नो प्रभाव बढायो। पछिल्लो दशकमा चीनको आर्थिक विकास तिब्र गतिले भएको छ। तर, कोरोना महामारीका कारण उसको त्यो गतिमाथि ब्रेक लाग्यो।
जिनपिङले ‘जिरो कोभिड’ नीतिलाई अगाडि बढाए। र, यसले गर्दा चीन बाँकी दुनियाँबाट अलग–थलग भयो।
कुनै समय त्यहाँ शक्तिशाली रहेको ‘प्रोपर्टी मार्केट’ अहिले सुस्त भएको छ। अमेरिकासँग चलिरहेको ‘ट्रेड वार’ चीनका लागि ज्यादै समस्या देखिएको छ। र, तत्काल यो अन्त्य हुने सम्भावना देखिएको छैन।
‘माओपछि सबैभन्दा बढी तानाशाह नेता’
राष्ट्रपति भइसकेपछि जिनपिङले पार्टीको शीर्ष पदमा फैलिएको व्यापक भ्रष्टाचारविरूद्ध कडा कारबाही गरे। आलोचकले यसलाई राजनीतिक विद्वेष भने। उनको शासनकालमा चीनमा स्वतन्त्रतामाथि कैयौंखाले प्रतिबन्धहरू देखिएका छन्। मानव अधिकार समूहका अनुसार सिनजियाङ प्रान्तमा सरकारले लाखौं मुस्लिम समुदायलाई कैदमा राखेको छ। सरकार यसलाई ‘रि–एजुकेसन’ भनिरहेको छ। चीनले अमेरिकासहित विश्वका अरू देशहरूले लगाइरहेको यो आरोपलाई खारेज गरेको छ। जिनपिङको शासनकालमा हङकङमाथि चीनको पकड थप मजबुत भएको छ।
राष्ट्रपति जिनपिङले सन् २०२० मा राष्ट्रिय सुरक्षासम्बन्धी कानुन पारित गर्न लगाएर लोकतन्त्र–समर्थक विरोध प्रदर्शनलाई पूर्णरूपले अन्त्य गरिदिएका छन्। त्यो कानुनअनुसार प्रदर्शन गर्नेहरूलाई अलगाववादी, हिंसक र विदेशी शक्तिसँग साँठगाँठ भनिएको छ। यो आरोप लागेकालाई जन्मकैदसम्मको सजाय हुनसक्ने कानुन जिनपिङले पारित गर्न लगाएका छन्। यो कानुन बनिसकेपछि ठूलो संख्यामा लोकतन्त्रका समर्थक नेता र कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ। साथै एप्पल डेली, स्ट्यान्ड न्युजजस्ता शीक्र्ष सञ्चारमाध्यमलाई बन्द गरिएको छ।
जिनपिङकै शासनमा चीनले स्व–शासित द्वीप ताइवानलाई चीनमा गाभ्ने प्रयास सुरू ग¥यो। र, सैन्य कारबाहीको धम्कीसमेत दियो। चीनको बढ्दो शक्ति र प्रभावलाई हेरेर विश्वको नजर अब राष्ट्रपति जिनपिङको तेस्रो कार्यकालमाथि हुनेछ। उनका कुनै उत्तराधिकारी छैनन्। ६९ वर्षीय जिनपिङ, १९७० को दशकमा माओत्से तुंगको निधनपछि चीनको सबैभन्दा शक्तिशाली नेता हुन्।बिबिसीबाट