Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चीनीया कम्युष्टि पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण नेपालको भूराजनीतिमा अमेरिकी प्रभावलाई कम गर्ने उद्देश्य हो भन्ने कुरामा विमति छैन । यति बेला स्वभाविक रुपमा पश्चिमा नियन्त्रीत भए पनि नेपालका कम्युनिष्टहरु भित्र भएको जनमत देश भक्त र चीन मैत्री हो । यस कारण उनीहरुले विशेष प्रथमिकता कम्युनिष्ट पार्टीका नेताहरुलाई नै दिनु अस्वभाविक होइन । धेरैले परम्परागत रुपमा साथ दिइरहेको राजतन्त्रलाई चीनले वेवास्था गरेर बेइमानी गरेको भन्ने भनाइ पनि छ । यथार्थमा यो होइन । नेपालमा गणतन्त्र राजा विरेन्द्रको हत्या गरेर नेपाली सेनाले नै ल्याएको हो । यो अवस्थामा राजाको रक्षा चीनले चाहेर पनि गर्न सक्ने अवस्था थिएन । राजा ज्ञानेन्द्र राजनीतिक दलहरु र नेपाली जनता भन्दा पनि नेपाली अमेरिकी सेनामा विश्वास र भरपर्दाको परिणामले निलम्वीत राजतन्त्र र प्रस्तावीत गणतन्त्रको वर्तमान अवस्था हो ।
स्मरण रहोस् चीनले राजा विरेन्द्रलाई नै लाओस कम्बोडीयाको मोडल सुझाएको थियो । त्यो भन्दा पहिले नेपाली सेनाको घेराभित्र नेपाली अमेरिकी सेनाले वंश विनास गर्याे । यो अवस्थामा नेपाली अमेरिकी सेनाको रक्षा कवचको रुपमा पूरानो राजतन्त्रको पूर्नस्थापनाको पक्षमा चीन नहुनु स्वभाविक हो । किनभने त्यही घेराबाट विरेन्द्रको सफाया गरेको छ भने त्यसको पूर्नस्थापना गर्नु भनेको नेपाललाई अमेरिकी नेपाली सैनिकको कृदास्थल बनाउनु हो ।
२००७ शाल देखी आजका दिन सम्म चिनलाई रोक्नेमा नेपाल नीति पश्चिम र भारतको समान छ।राजा महेन्द्रले पछिल्लो चरणमा नेपालको भूराजनीतिक सन्तुलन कायम गरेर सिक्किम या भूटान बनाउने भारतीय योजना असफल पारिदीएकोले आर एस एस र कांग्रेसी इसाइहरु जो बिपिलाई महामानव भन्छन उनीहरु महेन्द्र बिरुद्व RAW को मिशनलाई साथ दिएर बीस ओकलछन।राजाका सचिब र वरिपरि नेपाली अमेरिकी सेना र आर एस एस को बलियो घेरा छ।यो घेरामा ज्ञानेन्द्र बसेर स्पेस खोज्नु आत्मघात हो।यसकारण चीन र अमेरिका को टकराव मा पश्चिमी घेरामा बसेर स्पेस खोज्नु बीरेन्द्र जस्तै मारिनुहो।लाओस या कंबोडिया मोडेल बाहिर राजतन्त्र को स्पेस छैन । त्यसको लागि नेपाली अमेरिकी सेना र कांग्रेस लाई एजेण्डा बिहीन बनाउदै जानू पर्दछ।एजेण्डा बिहीन हुनु ढिलो चाँडो बिघटन को यात्रा हो।बीपी कोइराला र बाइबल कांग्रेसी लाई आर एस एस मिशनमा धर्ममा खेल्न दिनुहुदैन।
कम्बोडिया र अफगानिस्तानका घटनामा जसरी सेनाले गणतंत्र ल्याएको थियो नेपालमा पनि ठिक त्यसरीनै ल्याइएको हो। अमेरिका र सीआईएको योजनामा राजा सिंहानुक लाई तत्कालिन कम्बोडियाली सेनापति लोननोल ले राजतन्त्र विस्थापित गराएका थिए। यसैगरि अफगानिस्तान मा राजा जाहिर शाहको भतिज ज्वाइँ प्रयोग गरेर सेनाले विस्थापन गर्यो। नेपालमा राजा विरेन्द्रको हत्या गर्दै आधार निर्माण गरिएको थियो।प्यार जंग थापा, रुकमाङ्गद कटवाल मार्फत भारत अमेरिकी योजनामा राजतन्त्र फालियो। जासरी कम्बोडियामा सीआईएले राजतन्त्र विस्थापन पछी पुरानो सेना विघटन रोक्न सकेन नेपाल ठीक त्यही अवस्थामा छ। एस पी पी सम्झौताले सेना नाङ्गिएको मात्र होइन बिघटनको दिशामा गइसकेको छ। जनताको नजरमा विघटन भएको छ। यहीं अवस्थामा नेपालमा बेविकिङ सीआईए को नेपाली अमेरिकी सेनालको प्रस्ताव र सांस्कृतिक राजा RAW को प्रस्ताव अस्वीकार गरेर विस्थापित राजा ज्ञानेन्द्रर वीर विक्रम शाह को ७६औं जन्मदिन नागरिक को तहबाट मनाइरहेका छन्। जन्म दिनको शुभकामना।
गणतन्त्र घोषणा गरिएको १५वर्ष भएछ।यो राजा महेन्द्र द्वारा लागू गरिएको पञ्चायत व्यवस्थाको आधा समयहो।यो अवस्थामा पूर्व राजाको शुभजन्मोत्सव नागरिक तहबाट मनाइरहेका छन्। अमेरिकी सैनिक योजनाको बेबीकिङ र भारतिय योजनाको सास्कृतिक राजा ज्ञानेन्द्र वीरविक्रम शाहले अस्वीकार गरेपछि आएको गणतन्त्र आफैमा क्रान्ति या जाआन्दोलनको बलले मात्र आएको होईन। तथापि आन्दोलन सहायक पाटो हो। नेपाली अमेरिकी सैनिकलाई बढी विश्वास गर्नुनै नेपालमा राजतन्त्रको विस्थापनको कारण हाे। इतिहास पुरानो रूपमा दोहोरिदैन।यो अवस्थामा अहिलेकै घेराबाट नेपाली अमेरिकी सेनाको सुरक्षा कवजको रूपमा पुनर्स्थापना सम्भव छैन। किनकी राजा वीरेन्द्रको वंशनाश र गणतन्त्र अमेरिकी हित र भारतको अनुकुलतामा सेनाले ल्याएको हो।यो नेपाली अमेरिकी सैनिकलाई भूमिकाविहीन बनाउँदै बिघटनको यात्रामा धकेलेपछि मात्र राजतन्त्रको वहस हुनसक्छ। सिमानामा शसस्त्र प्रहरी बल छ भने जनतामा जनपथ, सेना के को लागि? यत्रो सुरक्षा बजेट खर्च गरेर नेपाली अमेरिकी सैनिक नेपाली जनताको रगत पसिनामा किन पाल्ने? सोचनिय विषय होइन र?
प्रश्न दलहरु र नेतृत्वको मात्र होइन। नेपालको समस्या सेनाको अमेरिकी साम्राज्यवादी नीतिको हो। देश जनता प्रति होइन अमेरिका भारत प्रति उत्तरदायी यो सेनाको विघटन नहुँदा सम्म देशभक्त राजनीतिक नेतृत्व सुरक्षित हुँदैन। दरबार हत्यााण्डत देखिएको मात्रहो। मदन भण्डारी देखि राजा महेन्द्र सम्मको हत्याका पछाडि यसको कालो हातरहेको अस्वभाविक होइन। विशेष गरेर बि स् १९०३को कोट पर्वपछि सेनाको औचित्य एकीकरण अभियानको लिगेसी होइन इसाई साम्राज्यबादको लिगेसीमा रहेको छ।बि स २००७ शाल पछि पनि त्यो निरन्तरता रह्यो। परिणाम महेन्द्र मदन भण्डारी वीरेन्द्र परिवारको हत्या भयो। यसकारण यसको विघटन नेपाल एकीकरण जगको राष्ट्र र विचारको सुरक्षा को लागि अनिवार्य छ।
यसरी बुझौं पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाह लाई। शक्तिमा रहेकोले स्वभाविक रुपमा कमिकमजोरी छन्। २०५८जेष्ठ १९को नेपाली अमेरिकी सेनाले गरेको दरबार हत्याकाण्ड पछि गणतन्त्र घोषणा गरेर सैनिक शासन लगाउने अमेरिकी भारतीय योजना थियो। राजपरिषद् सभापति केशरजंग रायमाझी लाई राष्ट्रपतिको प्रस्ताव बिदेशी शक्तिकेन्द्र बाट आयो। यसको रेकर्ड रायमाझीको हाम्रो विचार समूह सँग सुरक्षित छ। उँहाले अस्वीकार गरेपछि राजपरिषद् मा मतदान भयो। ज्ञानेन्द्र लाई राजा बनाउनेमा ८०र नबनाउनेमा २०मत पर्यो। ५१नपुगेकोले गणतंत्र घोषणा भएन।०६२/०६३पछि सेनाले अमेरिकी योजनामा बेबिकिङ र भारतले बाबुराम भट्टराई लाई कान्तिपुर टेलीभिजनलाई अन्तरवार्ता दिन लगाएर सांस्कृतिक राजाको एजेण्डा फालियो।यी दुवै एजेण्डा अस्वीकार गरेर राष्ट्रको पक्षमा उभिए। अहिले राजाका नाममा तमासा देखाउनेहरु यो कुराबोल्दैनन्। किनकी नेपाली अमेरिकी सेना र RAW ले जनतालाई दिग्भ्रमित बनाउन राजाको नाममा जासुसी मिशन क्रियाशील छ।
नेपाली राजनीति भारत अमेरिकी ध्रुवको तिब्र टकरावमा छ।अब सन् १९९०अगाडी जस्तो चीन अमेरिकी ध्रुव र भारत रूस ध्रुवको कोणबाट नेपाली राजनीति हेर्नेहरुले भारत अमेरिकी ध्रुवमा लैजाने प्रयत्न आर एस एस नेपाली नामक अमेरिकी सेना र काङ्ग्रेसले गरिरहेका छन्। एमालेमा ओली गिरोहको सीआईए मिशन राष्ट्रपति राष्ट्रपति विद्या भण्डारीबाट प्रहार भएको छ।एस पी पी अमेरिकी सैनिक सम्झौता उहाँकै कारण खारेज भयो भने एम सी सी राष्ट्रपति विद्या भण्डारीले हस्ताक्षर नगर्ने सङ्केत पाएपछि पठाइएको छैन्। माओबादीले विभिन्न कमजोरीका बावजूद चीनी ध्रुवको विरुद् छैन्।यो अवस्थामा काङ्ग्रेस माओवादी गठबन्धन र एमाले माओवादी गठबन्धन जे भएपनि खासै फरक पर्दैन। ओली गिरोह र काँग्रेसी हरुको केन्द्र पश्चिमनै हो। जुनसुकै गठबंधन भएपनि माओवादीनै सरकार बनाउन निर्णायक हुने अवस्थामा चीनको उपस्थिति निर्णायक नै रहन्छ। जहाँसम्म राजतन्त्र पुनर्स्थापना र हिन्दू राष्ट्रको कुरा छ त्यो भारत अमेरिकी ध्रुवको केन्द्रमा सम्भव छैन।आर एस एस र नेपालको सेना केही पश्चिमा अमेरिकी सैनिक घेराका दरबारियाहरु यो मिशन बाट अमेरिकी सैनिक रणनीतिक केन्द्र बाट राजतन्त्र पुनर्स्थापना चाहन्छन त्यो सम्भव छैन्। अहिलेलाई काङ्ग्रेस सुन्निएको हो मोटाएको होइन। माओबादी गठबन्धन ले काङ्ग्रेस लाई पूरै अमेरिकी ध्रुवको पक्षमा जान रोकिरहेको छ।यो बिस्तारै विघटन हुनेछ। अमेरिकी ध्रुवमा रहेर कञ्जरर्भेटीभ पार्टीको उदय सम्भव छैन।यो कुरा राप्रपाले बुझेन र क्रस गर्न सकेन भने उसको औचित्य रहने छैन।त्यो ओलिको राम मन्दिर र कमल थापाको हिन्दू राष्ट्र जस्तो हुनेछ। एक्लै चुनाव लड्ने औचित्य गुमाएको काङ्ग्रेस विघटनकै यात्रा हो।यो अवस्थामा हामीले एजेण्डा सहित भारत अमेरिकी केन्द्रमा वैचारिक रुपमा प्रहार तिव्र गतिमा अगाडि बढाउनु पर्छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल