Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनबाट आउन लाग्यो कोरोना भ्याक्सिन

काठमाडौँ । छिमेकी मुलुक भारतको भर पर्दा झण्डै १३ लाख मानिस पहिलो डोज भ्याक्सिन लगाएर दोस्रो डोजको पर्खाइमा रहेका बेला अर्को छिमेकी चीनबाट भने धमाधम भ्याक्सिन आउने भएकोछ । सरकारले चीनबाट ल्याउने भनेको कोभिड–१९ विरुद्धको भेरोसेल खोप केही दिनभित्रै आइपुग्ने भएको छ । एक साताभित्रै १० लाखदेखि २० लाख मात्रा खोप आउने बताइएको छ । पहिलो लटमा १० लाखदेखि २० लाख मात्रासम्म आउने सम्भावना रहेको छ, जम्मा ४० लाख मात्रा भेरोसेल खोप ल्याउने कुरा भएको बताइएको छ । तत्काल खोप नपाइरहेको अवस्थामा चिनियाँ कम्पनीको सर्तले खोपको मूल्य सार्वजनिक नगर्ने सहमतिअनुसार सरकार खोप ल्याउन लागेको हो । यसअघि सरकारद्वारा खरिद गरिएको कोभिसिल्ड खोपको दाँजोमा भेरोसेलको मूल्य दोब्बरभन्दा बढी परेको बताइएको छ । पहिलो लटको १० लाखदेखि २० लाख मात्राबाहेक थप खरिदमा उल्लेख्य रूपमा मूल्य कम हुने गरी दुवै पक्षबीच अनौपचारिक कुरा भएको बताइएको छ । गत वैशाख २८ गते स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतबाट २० लाख मात्रा कोभिसिल्ड प्रतिमात्रा ४ डलरमा खरिद गरेको जानकारी दिएका थिए । उक्त खोपको बाँकी १० लाख मात्रा नेपालले अझै पाउन सकेको छैन । सिरम इन्स्टिच्युट अफ इन्डियाले २०२१ को अन्तसम्म दिन सकिने भन्दै आएको छ । चीन सरकारले अनुदान सहयोगमा यसअघि दुईपटक गरी १८ लाख मात्रा भेरोसेल उपलब्ध गराइसकेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल