Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनलाई कब्जा गर्ने अमेरिकी रणनीति

काठमाडौं । तिब्बतमाथि कब्जा गरी चीनलाई कमजोर बनाउन नेपालमा इन्डो प्यासिफिक रणनीति अनुरुप रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई लागू गर्न खोजिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेताहरुले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपालको सन्दर्भमा एमसीसीको औचित्व’ सम्बन्धी अन्तरकृया कार्यक्रममा बोल्दै नेता देव गुरुङले चीनलाई कब्जा गर्ने अमेरिकाको रणनीति अनुरुप नेपालमा एमसीसी परियोजना लागू गर्न लागिएको बताए ।

उनले नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठकमा यो विषयले प्रवेश पाएपछि चर्चामा आएको र त्यस पछि नेपाल स्थीत अमेरिकी दुतावासले समेत इन्डोप्यासिफिक रणनीति अनुरुपकै परियोजना भएको बताइसकेकाले अहिले फरक अवस्था आएको बताए । उनले फरक परिस्थिति आइसकेकाले पार्टीले विचार गर्ने विश्वास व्यक्त गरे । उनले नेपालमा एमसीसी अन्तर्गत हुने सम्झौता असमान रहेको मात्र नभई नेपालको भूमि माथि कब्जा गर्ने रणनीति अनुरुप लागू गर्न लागिएको बताए ।

कार्यक्रममा नेता लिलामणि पोखरेलले सामान्य लगानी गर्ने प्रकृया र एमसीसीको प्रकृया भिन्न रहेको बताए । उनले सम्झौता सर्त नै सर्तको भारी भएको समेत बताए । सम्झौतामा राखिएका प्रावधानहरुले नेपालको संविधानलाई नै तल पारेकोले राष्ट्रिय स्वाधिनता माथि एमसीसीले घात गर्ने उनले बताए । उनले एमसीसीमा भएका कतिपय कुराहरु आँखामा नदेखिने तर पछाडिबाट भइराखेको बताए । त्यसैले संसदबाट एमसीसी समबन्धमा अनुमोदन नहुँदै कार्यान्वयनमा आइसकेकोले यसको बजेट व्यवस्थापन कसरी भइरहेको छ भन्ने प्रश्न समेत गरे । उनले एमसीसी इन्डोप्यासिफिक रणनीति अन्तर्गत भएको पुष्टि अमेरिकी निकायहरुले नै गरिसकेकोले यसको कार्यान्वयनमा जान नहुने बताए ।

पछिल्लो समय नेपाल स्थित अमेरिकी राजदूतावासका प्रवक्ताले नै यस क्षेत्रमा जे हुन्छ त्यो अमेरिकाको सैन्य रणनीति ९इन्डोप्यासिफिक० अन्तर्गत नै हुन्छ र एमसीसी पनि सोहि अन्तर्गत भएको स्पस्ट पारिसकेको नेताहरुले बताए । त्यस्तै अ‍ेमरिकी रक्षा सहायक मन्त्री र विदेश सहायक मन्त्रीले पनि यस विषयमा स्पस्ट पारिसकेकाले एमसीसी इन्डोप्यासिफिक रणनीति अनुरुप नै भएको प्रमाणीत भइसकेकोले नेपालले कार्यान्वयन गर्न नहुने उनीहरुले बताए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल