Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनलाई बेवास्ता गर्दा निस्किएको राजनीतिक परिणाम

  • अर्जुन ज्ञवाली

काँग्रेस सस्थापक नेता कृष्णप्रसाद भट्टराईले युरो पश्चिमाको धर्मनिरपेक्षता मिशनलाई दुत्कारेर ०४७ को संविधानमा हिन्दूरास्ट्र कायम गरेको इतिहासमाथि संघियता र धर्मनिरपेक्षता जस्ता एजेन्डा बोकेर युरो क्रिस्चियन एजेन्डामा हिँड्नु नेपाली काँग्रेसको महाभुल थियो । अहिले काँग्रेस मोटाएको नभएर माओवादीले थपिदिएको भोटका आधारमा सुन्निएको थियो । उग्रवामपन्थी अतिबादलाई बोकेर आफ्नो धरातल बिर्सेर आफैं सि क्लास राणाको क्लब बनेको काँग्रेस राणा र राजा फाल्यौ भन्ने महाभ्रमजालमा थियो । नेपाल जस्तो भुराजनीति भएको देशमा चीन बिरोधि गतिविधि सिआइएको आडमा खुलम खुल्ला गर्दाको परिणाम नै वर्तमान ओली–प्रचण्ड–राप्रपा गठबन्धन सरकार बनेको हो । यदि काँग्रेसले बिपि कोइरालाको शोस्लिस्ट धार छोडेर इतिहासमा टङकप्रसाद आचार्य, कृष्णप्रसाद भट्टराई, सुर्यप्रसाद उपाध्यायको धार पक्रन सकेन भने भारतको काँग्रेस आइकै अवस्थामा पुग्ने निश्चित छ । सन् ०७० को दशकमा भारतको संविधानमा धर्मनिरपेक्षता राख्ने हठका कारण बिजेपीको उदय भयो । सन् २०१४ सम्म आइपुग्दा काँग्रेस आईको पतन हुन पुगेको छ । नेपालमा नेपाली काँग्रेस ठिक यही अवस्थामा छ । राप्रपालाई कृप्टो हिन्दू ब्यानरमा स्थापित गरेका छन् भने चर्चहरूले केजरिवाल मोडेलमा रबि लामिछाने ल्याइसकेका छन् । सनातनी हिन्दू बौद्धहरूका लागि राप्रपा र काँग्रेस भित्रका कृप्टोहरू सबैभन्दा खतरा हुनेछन् । यदि युरो अमेरिकी कृप्टो घेरा बाहिर नआए नेपाली काँग्रेस इतिहासमा सिमित हुनेछ ।

नयाँ षड्यन्त्रको शुरुआत
०६२÷०६३ पछि कथित अग्रगमनका नाममा युरोपियन एजेन्डा विरुद्ध बहस सृजना भएपछि पश्चिमाहरू र उनका अनुचरहरूले रणनीति बदलेका छन । खासगरी कथित संघियता र धर्म निरपेक्षता विरुद्ध जनस्तरमा आवाज उठेपछि त्यो जनमतलाई एजेन्डा बिहिन बनाउन राजनीतिमा युवा पुस्तान्तरणको हौवा खडा गर्न पश्चिमा मिशनका बहुराष्ट्रिय कम्पनीका मिडिया र कथित फण्डिङ बम्बैका बेश्यालयका सुकिला मुकिलाजस्ता बुद्धिजीवीहरू क्रियाशिल छन् । कुनै एजेन्डा नभएका लठैतहरूलाई युवाको हौवा खडागरेर प्रपोगण्डा गरिएको छ । यता समग्र ॐ ओमकार परिवार हिन्दू, बौद्ध, शिख, जैन लगायत धर्मावलम्बीहरूलाई एम्बुस थाप्न विभिन्न सङ्गठन क्रियाशिल छन । एमालेबाट कोरियन हतियार माफिया सन म्योङ मुनले चलाएको युनिफिकेशन चर्च आबद्ध एकनाथ ढकाल र राप्रपाबाट पास्टर बिना लामा समानुपातिक सभासद बनाएर उनिहरूले भ्याटिकन र सिआइए मुख्यालयलाई आफुहरू उक्त शक्तिकेन्द्रप्रति बफादार छौं भन्ने सन्देश दिइसकेका छन् । अर्कोतर्फ डा रामचन्द्र अधिकारीले नेतृत्व गरेको बिश्व हिन्दू महासंघ राष्ट्रिय समितिको उपाध्यक्ष काँग्रेस नेता एनपि साउदकी श्रीमति ज्योत्सना साउद छिन् ।

एनपि साउदका भाइ पास्टर हुन् उनी काँग्रेसबाट संघीय साम्सद छन् । एनपि साउदसँग जोडिएका काँग्रेसहरू गोरखनाथ मठ मृगस्थलिमा जोडिएर सूचना भ्याटिकनलाई दिने गरेका छन् । यता चर्च मण्डलिका अध्यक्ष डा. केबि रोकाय जो युरोपेली चर्चको सहयोगमा माओवादी हिंसा गराउन सहयोग जुटाएर हिन्दूहरूको हत्या गराउने गरेका थिए उनी कथित राजा र हिन्दूरास्ट्र भन्दै कथित बिश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समिती बासबारी काठमाडांैसँग अघोषितरूपमा जोडिएका छन् । यो संगठनमा दरबारिया र सेनाको पकड रहेको छ । देखिएको दुश्मनभन्दा छद्वम दुश्मन खतरापूर्ण हुन्छ । शङकराचार्य र स्वामी दयानन्द सरस्वतीलाई छद्वमहरूले आक्रमण गरेका थिए भने योगि नरहरिनाथलाई पनि उहाँकै चेला बनेर हत्या, बदनाम गर्ने प्रयत्न गरिएको थियो । यो अवस्थामा सम्पुर्ण हिन्दू, बौद्ध, सनातनिहरू सर्बप्रथम हिन्दू, बौद्ध आवरणमा देखिएका छद्वमहरूदेखि साबधान रहनु होला । आफ्नो घर परिवार, नातगोता, छिमेकिलाई आआफ्नो ठाँउबाट सचेत गराउँदै सनातन आफ्नो धर्म सस्कारको संरक्षण गरौं । विभिन्न आवरणका छद्वमभेसी संगठनदेखि साबधान रहौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीको असली अनुहार भर्खरै बनेको प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्ने निर्णयले पनि बुझ्नेहरूलाई यी समूह र संगठनहरू किन र कुन उद्देश्यमा क्रियाशील छन् भन्ने कुरा प्रष्ट भएको छ ।

करिब करिब षड्यन्त्रका पर्दाहरू निर्बस्त्ररूपमा सार्वजनिक भैरहेका छन । बाइबलको कपि गरेर साहित्यको नाममा प्रकाशित बिपि कोइरालाका साहित्य पढने र महामानब भन्नेहरूको धेरै टिप्पणी गर्नु परेन । कथित माओवाद खुल्लारूपमा सनातनी विरुद्धको चर्च मिशन हो भन्नेकुरा आजका पुस्तामा अब खुल्ला पुस्तकनै भैसकेको छ । एनजिओ र आइएनजिओ मार्फत् अधिकारकर्मिको आवरणमा एमाले ब्यानरमा हिन्दू बौद्ध सनातनी विरुद्धको मन्दबिस घोलिएको अभियानले ४० बर्ष काटिसक्यो । हुन त आ–आफ्ना आस्था होलान् त्यसलाई सम्मान गरौं या नगरौ आफ्नो स्वतन्त्रता हो । नेपालमा हिन्दू राजतन्त्रको अन्त्य २०२८ शालको इसाई, मुसाइ, कसाइ नयाँ शिक्षाबाटनै भएको हो । योगि नरहरिनाथले अब सकियो मैले सकिन भनेर त्यतिबेला आफ्ना शुभचिन्तकलाई भनेको कुरा जिवित साक्षीहरू अहिले पनि छन् । राप्रपाको अनुहार जतिसुकै ढाकछोप गर्न खोजे पनि समानुपातिक पास्टरले निर्बस्त्र बनाइदिएको छ । २०२८ सालमै अन्त्य भएको हिन्दूराजतन्त्रको विषयमा पूर्ब राजा मन्दिर घुम्दैमा कोहि आतिनु पर्दैन । आखिर चर्चको पैसामा १७ हजार निर्दोष मानबका हत्यारा प्रचण्डले भैंसी पुजा गरेकै छन् भने अपराधी बाबुराम देवघाट धाउँदैछन् । प्रधानमन्त्रीको लागि आमाको कृया नगरेर दरबारमा निवेदन दिन पुगेका होलिवाइन माधब नेपाल रुद्राक्षको माला लगाएर मन्दिरमा देखिँदैछन् ।

झापामा खाना खान लागेका धर्मप्रसाद ढकालको हत्या गरेका केपी ओलि सीता राम जप्दैछन् । सत्ता र शक्तिको लाई इसाई बनेका तुल्सी गिरिले अन्तिममा मेरो दाहसंस्कार पशुपतिमै गर्नुभनेका रहेछन् गरे । पशुपति उखेल्नु पर्दछ भन्ने बिपि कोइरालालाई अन्तिममा पशुपतिनाथमै जलाउनु प¥यो । यिनिहरूलाई आदर्श मान्ने आवाराहरू र यिनको समाचार लेखेर पेट्पाल्ने पत्रकार बुद्धिजीवीहरूले आफ्नै अपराधीक अनुहार आफंै हेर्दा हुन्छ । अब नाटक मञ्चन गर्न काँग्रेस एमाले माओवादी र पुर्ब राजाले मात्रै होईन कथित नागरिक समाज, अधिकारकर्मी बनेर आफैंले आफैंलाई ठग्दै हिँड्ने पाखण्डिहरूले पनि बन्द गर्दा हुन्छ । यस्ता छद्वम षड्यन्त्र बुझ्नेहरू नेपाली समाजमा तयार भैसकेका छन् । हाम्रो लडाइँ ब्यक्ति विशेष कुनै पार्टी या समूहसँग होइन । यो देव भुमिको संरक्षण सनातन हिन्दू बौद्ध विरुद्ध तयार गरिएका म्लेच्छका एम्बुससँग हो । हो हिजो बाइबल र माओवाद लेख्दा हामीलाई माओवादी बिरोधि देखे हामी माओवादी बिरोधि होइनौं । आज बिपि बाइबल काँग्रेस पुस्तक लेख्दा काँग्रेस बिरोधि देखे हामी काँग्रेस बिरोधि पनि होइनौं । राप्रपा या कथित राजाबादिको भ्याटिकन कनेक्सन लेख्दा हामीलाई राप्रपा या राजा बिरोधि भन्दैछन्, हामी कसैका समर्थक पनि होइनौं र बिरोधि पनि होइनौं । हाम्रो एजेन्डा हिन्दू बौद्ध सनातनी विरुद्धका षड्यन्त्रको भण्डाफोर हो । त्यो चाहे राप्रपा राजाबादी हुन् या काँग्रेस एमाले माओवादी या अन्य ।

छद्वमभेसिहरू माथि बैचारिक हस्तक्षेप
रास्ट्रवाद, प्रजातन्त्र कुनै अमुक समूहको निजि मागी खाने बिर्ता होइन । यो आम जनसमुदायले अनुभव र महशुस गर्न पाउने विषय हो । नत प्रजतन्त्र काँग्रेसको बिर्ता हो, नत रास्ट्रवाद, धर्म राजाबादी भन्नेहरू या यस्ता अमुक समुह राप्रपाको बिर्ता हो । नेपाल कम्युनिस्ट पार्टीमाथि २००८ शालपछि प्रतिबन्ध लगाउने कथित नेपालीकाँग्रेस होस् या २०१५शालमा योगि नरहरिनाथले नेतृत्व गर्नुभएको कर्मबिर महामण्डललाई प्रतिबन्ध लगाउने तानाशाह बिपि कोइराला र उसका अनुचरहरूको निजि एजेन्डा प्रजतन्त्र हुन सक्तैन । स्वयं कोइरालाहरू आफू र आफ्नो परिवार बाहेक अरुको शक्ति हुँदा गला रेटेर आएकाहरू प्रजातन्त्रको आवरणका क्रूर तानाशाह हुन् । यस्ता तानाशाह बिपि कोइराला रास्ट्रबादी पनि होइनन् र प्रजातन्त्रबादी पनि होइनन् । नत काँग्रेसनै प्रजातन्त्रबादी हो । २०२८ शालमा युरो पश्चिमा मिशनमा कथित नयाँ शिक्षाको नाममा नेपालको मौलिक धर्म संस्कृती मास्ने पञ्चायती मण्डलेहरूको बिर्ता रास्ट्रवाद होइन । मोहमद मोहसिन जस्ता सिआइएका एजेनन्ट र डोरबहादुर बिष्ट जस्ता युरो इसाई मिशनरिमा कामगरेको निकृस्ट पात्रका छोराछोरीलाई सतामा राखेर हिन्दूरास्ट्रको नाममा राजनीति स्वार्थपुर्ती गर्ने उद्देश्य राखेका पाखण्डी कथित राजाबादी भन्ने कुख्यात पन्चायती मण्डलेहरूको बिर्ता होईन । प्रजातन्त्र, रास्ट्रवाद, धर्म सस्कृती आम जनमानसले अनुभुती गर्नेगरी जोडिएका विषय हुन् । आ–आफ्नो ठाउँबाट बैचारिक हस्तक्षेप र जागरणको अभियान चलाउ । पुनरजागरण हाम्रै युगमा सम्भव छ ।

अब सनातनिहरू कुरा बुझ
सनातनी हिन्दू बौद्ध सामाप्त पार्ने एम्बुस सेना दरबारिया र काँग्रेस हुन् । वास्तवमा कथित नक्कली नेपाली कम्युनिस्ट त दरबारिया सेना र पश्चिमाका भरिया मात्र हुन् । राप्रपा साम्सद बिना लामाले घाटिमा क्रस भिरेर आफनै पार्टीका जेष्ठ सभासद पशुपतिशमशेर राणाबाट सपथ खाएपछि इतिहासमा गरिएको भद्दामजाकको प्रहसन भएको छ । हामीमाथि घेराबन्दी गरेर आफ्नो एम्बुसमा पार्न नसकेपछि पश्चिमा मिशनसँग जोडिएका यी कुख्यात मण्डलेका अनुचर पूर्ब राजा ज्ञानेन्द्रको वरिपरि बसेर आरएसएस र भ्याटिकनसँग जोडिएका राजाका कर्मचारी मार्फत हामिमाथि हिलो छयाप्न उद्यत थिए । अब मुख मात्र खोल्ने होईन नांगेझार पार्ने गरि अभियान चलाउनै पर्दछ । सनातनिहरूले बुझ्नै पर्दछ । हिन्दूसनातनिको लागि सबैभन्दा खतरा अहिले राजतन्त्र र हिन्दूको नाममा देखिएका राप्रपाको भ्याटिकन गिरोह र आरएसएससँग जोडिएको काँग्रेस गिरोह हुनेछ । काँग्रेसबाट पशुपतिनाथ उखेल्नु पर्दछ भन्ने आफ्नै आमा बाबुको क्रिया नगरेका शशांक कोइराला हिन्दू ब्यानरमा देखाउने प्रयत्न भैरहेको छ । अहिले खतरा एकातर्फ इसाई मिशनरी खुल्ला रूपमा छ भने अर्कोतर्फ राप्रपा र काँग्रेस भित्रबाट युरो इसाई मिशनरी हिन्दू नारामा देखापरे जस्तै गरि पश्चिमाले स्कोन, राधे राधे, शाही बाबा, ब्रह्मकुमारी राजयोग, कृष्ण प्रणामि परिचालन गरेका छन् । रूसमा अमेरिकी जासुसी सस्था सिआइएको काम गरेको थाहा पाएपछि स्कोनलाई रुसी रास्ट्रपति भलादिमिर पुटिनले प्रतिबन्ध लगाएका थिए । नेपालमा दरबारका तत्कालिन बडागुरु केशरीराज पाण्डेको पहलमा रानी ऐश्वर्यले स्कोन भिœयाएकी थिइन् ।

शाही बाबा नामक ब्यक्तिलाई भेटेर पश्चिमालाई बिरेन्द्रले भिœयाउन खोजे पछि राजा आफ्नो छाता आफै ओढ भनेर योगि नरहरिनाथले अभिव्यक्ति अन्तरबार्ता दिएपछि दमन गरिएको थियोे । उक्त अन्तर्वार्ता लिएबापत पत्रकार हरिहर विरहीलाई तत्कालिन पञ्चायती सरकारले दुई वर्ष जेल हालेको थियो । अब बोल्नै पर्दछ न राजा बिरेन्द्रमा नेपाल एकीकरणको हिन्दू लिगेसी थियो न पूर्ब राजा ज्ञानेन्द्रमा । दक्षिण कोरियाको युनिफिकेशन चर्चसँग जोडिएकि देउवा पत्नी आरजु राणाले केही समय अगाडि प्रधानमन्त्री निवास बालुवाटारमा भाजपा नेता बिजय जोलिसँग राखी बाधेर भ्रमदिन खोजेको धेरै भएको छैन । यसकारण सनातनिहरू घर घरबाट जागेर छद्वमभेसिहरूको भण्डाफोर गरौं । अब नेपालमा पश्चिमाकेन्द्रमा रहेर हिन्दू एजेन्डामा खेल्न हिजो युरोपेली चर्चबाट डलर ल्याएर कथित माओवादी हिंसा मार्फत हिन्दू सनातनिको हत्या गराउने आरएसएसरअ र दरबारिया पश्चिमा आर्मिका जासुसहरू हिन्दू बौद्धको आवरणमा सनातनी विरुद्ध खडा भैसकेका छन् । देखिएको दुश्मन भन्दा छद्वम गिरोह धेरै खतरापूर्ण हुनेछ । अहिले खुल्लारूपमा भन्दापनी आआफ्नो ठाउँबाट अभियान चलाउ पुनर्जागरण हाम्रै युगमा शम्भव छ । सबैलाई चेतना भया ।