Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनले दियो अमेरिकालाई एक हजार थान भेन्टिलेर

एजेन्सी– चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ । यी भेन्टिलेटर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा प्रयोग गरिनेछन् । न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन् ।
चीनबाट पठाइएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि अहिलेसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले जनाएको छ । सीएनएनका अनुसार न्युयोर्क सिटीमा संक्रमणदर उच्च भएको छ । पछिल्लो तथ्यांक अनुसार, त्यहाँ १ लाख १३ हजार मानिस कोरोना भाइरसको संक्रमित भएका छन् । अहिलेसम्म अमेरिकामा मृत्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी मानिस न्युयोर्क राज्यकै छन् ।


सम्बन्धित समाचार