Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनले परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चीनविरुद्ध खनिएका छन् । लामो समयदेखि चीनविरुद्ध उनले लगातार अभिव्यक्ति दिँदै आएका छन् । ह्वाइट हाउसमा प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा सुरु हुनुभन्दा अघि नै रोक्न सकिने भए पनि त्यसो नगरेका कारण अहिले संसारभरि यसको सामना गर्नुपरेको बताए । ट्रम्पलाई चीनको वुहानबाट गत वर्षको डिसेम्बरमा कोरोना भाइरसको संक्रमण सुरु भएर हालसम्म विश्वभर १ लाख ६० हजारभन्दा बढी मानिसको मृत्यु भइसकोको छ । के यसको नतिजा चीनले भोग्नुपर्छ रु भनेर सोधिएको थियो । जवाफमा ट्रम्पले भने, यदि उनीहरूले जानी बुझीकन केही गरेको भए, त्यसको नतिजा चीनले भोग्नुपर्छ । यदि भुलवश रहेछ भने भुल त भुल नै हुन्छ ।


सम्बन्धित समाचार