Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीन उड्यो नेपाल एयरलाइन्स

काठमाडौं । चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्शाका लागि उडेको विमानस्थलले जनाएको छ । निजी क्षेत्रका व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज कार्गो चाटर्ड गरेको वायु सेवा निगमका प्रवक्ता अर्चना खड्काले बताइन् ।
चीनका विभिन्न गन्तव्यमा निगमको यो छैटौँ उडान हो । यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले चीनको बेइजिङबाट स्वास्थ्य सामग्री ल्याएको थियो । चीनको राजधानी बेइजिङमा निगमले पहिलोपटक चाटर्ड उडान गरेको थियो । लकडाउनको अवधिमा सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले चीनका विभिन्न शहरमा छ कार्गो उडान गरेको छ । त्यस्तै पाँच चाटर्ड उडान गरेको छ । लामो दूरीको अष्ट्रेलियाको सिड्नी र ब्रिश्वेनमा चाटर्ड उडान गर्‍यो भने जापानको नारिता, भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि चाटर्ड उडान गरेको थियो ।


सम्बन्धित समाचार