Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करोडौं सरकारी सम्पत्तिमा हिमालयनको राज

काठमाण्डौ । अन्तराष्ट्रिय उडान रोके पनि बायू सेवा निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानसँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा उद्धार, मेडिकल तथा चार्टर्ड उडान गरिरहेको छ ।

सोही क्रममा निगमले मे २२ तारिखमा सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याउने जनाएको छ । सिङ्गापुरस्थित टेमसेक फाउण्डेशनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ, परराष्ट्र र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा कल साइन आरए ४१५३ उडानको जहाजबाट बिहान ८ बजे उडान गर्ने र कलसाइन आरए ४२५४ बाट सोही दिन साँझ ६ः१० बजे काठमाडौँ स्वास्थ्य सामग्री ल्याउनेछन् । निगमको आर्थिक व्यवस्थापन तहस नहस हुँदै गएपछि कर्मचारी पाल्नका लागि पनि अन्तराष्ट्रिय उडानको बाध्यता र व्यावसायिक स्थायित्व अगाडि देखियो । सरकारको नियन्त्रणमा रहेको निगमले पछिल्लो क्रियाशीलता देखाउन विदेशी कूटनीतिक नियोगहरुको साथ लिएको हो । यो कामले व्यावसायिक सम्मान दिएको निगम भित्र चर्चा छ । सुत्रका अनुसार निगम चीनको सेनजेनमा यही मे १९ तारिखमा आरए ४२७५ कलसाइनबाट मेडिकल चार्टर्ड उडान गरी आरए ४२७६ कल साइनको उडानमार्फत सोही दिन फर्किने आन्तरिक तयारीमा जुटेको छ ।

निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी चार जहाज अन्तरराष्ट्रिय उडानका लागि छन् । तर ती सबै उडान कार्यलय सरकारले चासो नदिदाँ विवाद स्पद कम्पनी थाम सेर्कुसँग जोडिएको नागरिक उड्यान प्राधिकरणलाई ह्याण्डलीङ शुल्क नबुझाएको हिमालयन एयारलाई अन्तराष्ट्रिय उडान गर्न अनुमति दिइएको छ । हिमालयन एयर बायू सेवा निगमलाई धारासायी पार्ने डिजाइन अनुसार स्थापना गरिएको संस्था हो । निगमका कर्मचारीहरु समेत संस्थागत सुधार भन्दा निजिक्षेत्रका हवाइ माफीयाहरुको स्वार्थमा लाग्ने गरेका छन् ।