Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले खुलेरै राजसंस्था पुनस्र्थापनको माग उठाएको छ। राप्रपाका महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठले निर्वाचनअघि नै नविन समझदारीमार्फत राजाको स्थान सुरक्षित गर्नुपर्नेमा जोड दिए ।
यथास्थितिमा चुनाव गरेर केही पनि हासिल नहुने राप्रपाको धारणा थियो । यही संविधान र प्रणालीबाट जेनजी पुस्ताले खोजेको परिवर्तन सम्भव नहुने भएकाले राजा, राजनीतिक दल र जेनजीका बीचमा नयाँ समझदारी हुनुपर्ने गुरुङ र श्रेष्ठले बताए ।
महामन्त्री गुरुङले भने, राजा, राजनीतिक दल र जेनजी एक ठाउँमा हुनुपर्छ । दल र जेनजी आज एक ठाउँमा भयौं, अब राजालाई पनि राख्ने वातावरण सिर्जना गरौं ।
उनले यसो भन्दा अन्य दलका नेताहरु हाँसेका थिए । प्रधानमन्त्री कार्कीले पनि हाँस्दै जवाफ दिइन्, मलाई त चुनाव मात्रै गर्ने म्यान्डेट छ है ।
राप्रपाले चुनावको विरोध नगरे तापनि विद्रोहमा उठेका राजनीतिक मुद्दाहरु, संविधान संसोधन र सुशासनसँग सम्बन्धित विषयहरु पहिले सम्वोधन हुनुपर्ने धारणा राखेको थियो ।
इतिहासले दिएको यो अवसरलाई कोर्स करेक्सनको अवसरको रुपमा सदुपयोग गर्न सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको गम्भीर ध्यानाकर्षण गराइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।
प्रधानमन्त्री सुशीला कार्कीलाई इतिहासले दिएको कोर्स करेक्सनको यो अवसरलाई आवश्यक पहलकदमी लिन र इतिहासले सदा सम्मानपूर्वक सम्झने पात्रको रुपमा दर्ज हुन आग्रह गरिएको छ, उनले भने ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल