Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सकेसम्म पुरानै संसद ब्यूताएर अझै दुई वर्ष राज गर्ने सोचमा काँग्रेस र एमालेको एकता देखिएकोछ । नेकपा एमालेका नेताहरू फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको चुनाव हुन्छ भन्दैनन्। भदौ २७ गते विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताउँछन्। सोमबार प्रधानमन्त्री सुशीला कार्कीले गरेको छलफलमा पनि एमालेका सचिव महेश बस्नेतले यही कुरा दोहोर्याए। एमालेको संसदीय दल र केन्द्रीय कमिटीले नै प्रधानमन्त्री नियुक्ति भएलगत्तै सुशीला कार्कीले गरेको विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च जाने निर्णय गरेको थियो। त्यसैले निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले रिट दायर गरेका थिए। एमालेले सर्वोच्च अदालतमा परेको रिटको छिटो भन्दा छिटो फैसला हुनुपर्ने बताइरहेका छन्। एमालेले त्यही मागमा नेपाली कांग्रेसलाई पनि सहमत गराएको छ। सोमबारसम्म दुई पार्टीका १४६ सांसदको हस्ताक्षर संकलन भइरहेको छ। मंगलबार यही हस्ताक्षर लिएर अदालतमा पूरक निवेदन लैजाने तयारी छ। जेनजी आन्दोलनका कारण सत्ता गुमाएको एमालेलाई प्रतिनिधि सभा पुनर्स्थापना भइदिए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविकै हो। तर, बाहिर पुनर्स्थापना हुनैपर्ने बताइरहेको एमालेले चुनावको तयारी पनि निकै राम्ररी गरिरहेको नेताहरू बताउँछन्। ओलीका विश्वासपात्र एक नेताका अनुसार चुनाव हुने अवस्था आएमा एक मिनेटमा सबै प्रक्रिया अघि बढाउन सक्ने संयन्त्र तम्तयार अवस्थामा छ। यद्यपि, चुनाव हुने अवस्था नभएकोले त्यसलाई अहिले सक्रिय नपारिएको ती नेताले दाबी गरे। चुनावमा एमालेले आन्तरिक तयारी गरेको अर्को आधार हो–समानुपातिक निर्वाचन तर्फको नाम सिफारिस गर्ने विषयमा भइरहेको आन्तरिक छलफल। निर्वाचन आयोगले आगामी पुस १४ गतेभित्र समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन समयसीमा दिएको छ। यसका लागि नाम पठाउन एमालेले तल्ला कमिटीलाई भनिसकेको अर्का पदाधिकारीले बताए। ती पदाधिकारीले पनि चुनाव भइहाल्यो भने पार्टी तयारी अवस्थामा बसेको बताए। वडा भेला, पालिका जनपरिचालन, जिल्ला परिचालन गर्दै एमालेले मंसिर २७ देखि पुस २ सम्म ११ औँ महाधिवेशन गरेको थियो। जसले गर्दा पार्टी चुनाव सामना गर्ने अवस्थामै चलायनमान रहेको अर्का पदाधिकारीले बताए। एमाले सचिव शेरधन राईले पनि चुनावबाट पार्टी पछि नहटेको बताए। तर, सरकारले तयारीभन्दा प्रोपोगान्डा गरिरहेको उनको आरोप छ। सोमबार एकै दिन एमालेको मुभले देखाउँछ यो पार्टी संसद पुनर्स्थापना र चुनावको तयारी सँगसँगै गरिरहेको छ। सोमबार एमाले अध्यक्ष केपी ओली महासचिव शंकर पोखरेलको साथमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास पुगे, जहाँ मुख्यगरी संसद पुनर्स्थापनाको विषयमा छलफल भयो। सोही समयमा सचिव महेश बस्नेत र पूर्वमुख्य सचेतक महेश बर्तौला भने प्रधानमन्त्रीले सिंहदरबारमा आयोजना गरेको चुनावी तयारीको बैठका सहभागी भए।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल