Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार झापा जाने भएका छन्। प्रतिनिधिसभा निर्वाचनपछि ओली पहिलोपटक गृहजिल्ला झापा जान लागेका हुन्।
प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका ओली चुनावी प्रचारका क्रममा लामो समय निर्वाचन क्षेत्रमै बसेका थिए। यद्यपि, उनको मतदाता नामावली भक्तपुरको सूर्यविनायक नगरपालिकामा रहेकाले मतदान गर्न उनी फागुन १८ गते काठमाडौं आएका थिए।
निर्वाचनमा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)सँग करिब ५० हजार मतान्तरले पराजित भएका थिए। त्यसपछि शाह चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका थिए।
भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। आयोगको सिफारिसपछि प्रहरीले ओलीको गुण्डुस्थित निवासमा रातभर निगरानी राखेको थियो भने चैत १४ गते बिहान उनलाई पक्राउ गरी हिरासतमा लिएको थियो।
ओलीको शनिबारको झापा भ्रमणबारे उनका सचिवालय प्रमुख निरुदेवी पालले पुष्टि गरेकी छन्। ‘अध्यक्षज्यू भोलि बिहान पहिलो फ्लाइटबाट झापा जाने कार्यक्रम छ। उहाँ चुनावपछि पहिलोपटक गृहजिल्ला पुग्दै हुनुहुन्छ,’ उनले बताइन्।
चुनावपछि पहिलोपटक झापा पुग्न लागेका ओलीको भ्रमणलाई एमालेका स्थानीय नेता–कार्यकर्ताले समेत चासोका साथ हेरेका छन्।
२०८३ श्रावण २९
ताजा नेपाल
२०८३ श्रावण २९
ताजा नेपाल
२०८३ श्रावण २९
ताजा नेपाल