Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनावपछि हुँदैछ मन्त्रिमण्डल पुनर्गठन

काठमाडौँ । मिले र पाएसम्म राज्यसत्ताका सबै स्थानमा आफू र आफ्नो गुटको प्रयोजनबाट देशको ढुकुटीमा रमाउन चाहने प्रवृत्ति भएका नेकपा अध्यक्ष केपी ओलीकै कारण उनी अस्वस्थ हुँदा पार्टी एकताका बाँकी काम अड्किएका छन् । उनले सबैतिर समयअनसार ध्यान दिन नसक्दा समेत अर्का अध्यक्ष पुष्पकमल दाहाल भने अधिकार विहीन बनेका छन् । नेकपाको चासो र चिन्ता जनताकाबीचमा चुनावका बेला व्यक्त भएका बोली बचनअनुसारका काम सम्पन्न हुन नसक्नु रहेको छ । उपचुनावका कारण लुटाहा मन्त्रीको पद पनि बचेको छ । गुटबन्दीलाई प्राथमिकता दिँदै आएका आलीको टीम राजनीति छुद्रताको रूप बन्दैछ । पार्टीको कार्यक्रमले प्रोत्साहन पाउन नसक्नु, सरकारका योजना चुनावी घोषणपात्रका अधारमा नआउनु, राष्ट्रिय योजना आयोग र अर्थमन्त्रीकोबीचको सम्बन्ध सुदृढ नहुनुकै कारण सरकारको कामलाई पार्टीले काँध थाप्न नसकेको हो । दुष्ट चरित्र र गुटबन्दीलाई प्रोत्साहन दिनु ओली ब्राण्डको पहिचान बनेको छ । नेकपाको राजनीतिप्रतिको जनआकर्षण नबढ्नुको कारण नै सरकारी तह भ्रष्टाचारमा डुब्नु हो ।

अहिले अध्यक्षद्वयबीचको हिजोको सहमति कार्यान्वयन नहुनु हो । भागवण्डा लगाउँदा ६०÷४० को लगाएर भएको पार्टी एकतामा बाधक सबैतिर हस्तक्षेप अस्वस्थ भए पनि प्रधानमन्त्री ओलीको अग्राधिकार बनेको छ । उनको गुटका नेताहरू समेत पार्टी एकताको बेलाको उत्साह र उमंग जगाउनु पर्छ पक्षपात भेदभाव कही कतै नराखौँ भन्दैनन् । ओली गुटकै भएकाले बालिका खड्कामाथि भएको बलात्कार आरोपी शेरधन राईमाथि कारबाही भएन । जालझेल र षड्यन्त्र ओली गुटको राष्ट्रिय पहिचान बन्दैछ । त्यी कारण उनले सिआईए र युरोेपली युनियनको डिजाइनमा चल्न अग्नि खरेललाई महान्यायाधीवक्ता बनाए । सुशील प्यारकेललाई राष्ट्रपतिको सल्लाहकार बनाइयो । अहिले विदेशी जासुस र हिजोका गुप्तचरहरूले नेकपाको नेतृत्व परिचालन छँदैछ । गुप्तचरहरूले चलाएको पार्टी नेकपा एमालेसँग पार्टी एकता गर्नु नै तत्कालिन माओवादीको भूल थियो ।

केपी ओली स्वार्थका लागि भारतीय दलाल पनि बन्छन् चीनको सेवक पनि बन्छन् र अमेरिकी स्वार्थको मिलेनियम च्यालेन्ज प्रोजेक्टको कार्यान्वयन गर्न अहिलेको स्थितिमा देख्नका लागि पनि राम्रो हुँदैन भन्दाभन्दै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अगावै संसदबाट पारित गर्ने रुचि देखाए । जबकि त्यो प्रस्ताव नेपालको संसदबाट पारित भएको भए चिनिया राष्ट्रपति नेपालको भ्रमणमा आउने थिएनन् । राजनीति शान्ति र सहजताका कारण नेपालमा लगानीको वातावरण बन्दै गएको तथ्य विश्व बैंकले सार्वजनिक गरेको छ । सरकारका कामप्रति जनतामा आकर्षण छैन । अर्थतन्त्रलाई सुदृढ बनाउन अर्थमन्त्री असफल छन् । यही बेला सातै प्रदेश प्रमुख हटाइएको छ । डा. युवराज खतिवडाको नेपाली राजनीतिमा कही कतै लगानी छैन । उनी केबल ओलीको जिल्लावासी भएबापत एमालेको नाममा प्राप्त भएको पदीय दायित्व प्रयोग गर्न पाउने भाग्यमानी हुन् । कम्युनिष्टपार्टीको नेतृत्वमा २ तिहाईको सरकार गठन भएपछि अर्थमन्त्रालयलाई संस्थागत सुझाव दिन चाहेका पूर्व अर्थमन्त्री स्व. भरतमोहन अधिकारीलाई महत्व नदिने बहादुर हुन् डा. युवराज खतिवडा । यिनले राजश्व सचिव हटाएर फेरि ल्याएका छन् । जो पार्टीप्रति बफादार छैनन् कार्यकर्ता भनेको के हो चिन्दैनन् तर शिशिर ढुंगानालाई पहिले पत्याइएन । चुनावमा जनताका बीचमा जान नपरेपछि त्यस्तो अर्थशास्त्रीले विश्व बैंक र एडिबीको निर्देशनमा नेपालको समृद्धि र विकासलाई छेक्छ भन्ने हेक्का समेत चतुर प्रमलाई छैन ।

प्रधानमन्त्री ओलीको डिजाइनमा जबर्जस्ती यौन प्रकरणमा कृष्णबहादुर महरालाई फसाएर अर्का अध्यक्ष पुष्पकमल दाहालको दाहिने हात काटिएको छ । तर महराले मुद्दा जित्दैछन् । ओली पक्षका शेरधन राईले नै बालिका खड्कामाथि बलात्कार गरेको पत्ता पाउँदा प्रमले चासो दिएका छैनन् । राई प्रदेश १ को मुख्यमन्त्री छन् । बालिका खड्का एमालेकै कार्यकर्ता हुन् । उनले पार्टीमा दिएको उजुरी ओलीकै निर्देशनमा दबाइएको हो । ओलीका यस्ता दुर्गन्धित अपराध राजधानीकि तहमा धेरै छन् । त्यो समूहमा जासुस, गुण्डा, भ्रष्ट, तस्करहरूले संरक्षण पाउने गरेका दर्जनौं घटनाहरू छन् । राजनीतिमा गुटबन्दी र विकृति ओली ब्राण्डको पहिचान हो । यस्तो स्क्याण्डलविरुद्ध माधव र प्रचण्ड एक हुन नसक्नु नालायकी पन हो ।