Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनावी गठबन्धन नभए के होला प्रचण्ड र माधवको हालत ?

काठमाडौं। आफ्नो पार्टी बनाउनभन्दा एमालेसँग एकता गरेर बनेको एमाले कब्जा गर्ने दाउमा लागेका नेकपा माओवादीका केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजिकिँदो चुनावसँग आत्तिन थालेका छन् । उनका लागि अब को बैशाखी बन्ने भन्ने अन्योल कायमै छ । उता, नेकपा एमालेबाट चोइटिएका माधव नेपाललाई पनि आफ्नो अस्तित्व देखाउन उत्तिकै महाभारत छ । आगामी आमनिर्वाचनमा आफ्नो अस्तित्व देखाउन प्रचण्ड र माधव नेपालहरु एकताको आह्वान गरिरहेका छन् । सर्लाही पुगेर प्रचण्डले उपेन्द्र यादव र महेन्द्र राय यादवको नाम तोकेर पार्टी एकताको प्रस्ताव गरेका छन् । त्यस्तो एकताको घोषणा जनकपुरमा गर्न तयार भएको समेत स्पष्ट पारेका थिए । प्रचण्डले भित्री रुपमा उपेन्द्र यादव र डा। बाबुराम भट्टराईसँग एकताको प्रस्ताव धेरै अघि गरिसकेका थिए । त्यसमा दुवै नेता सकारात्मक भएको बुझिएको छ । यादव र भट्टराई पूर्वमाओवादी नेता हुन् ।
प्रचण्डले नेत्रविक्रम चन्द्र विप्लव र मोहन वैद्य किरणलाई पनि एकता प्रस्ताव पठाइसकेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालसँग उनको पुरानै सहकार्य छ । दुवैसामु एकताको भित्री सहमति बनिसकेको बुझिएको छ । प्रचण्डले वामदेव गौतमलाई पनि मिलाउन खोजेका छन् । नयाँ दल खोल्ने अभियानमा रहेका गौतमलाई प्रचण्डले मनाउन खोजिरहेका छन् । गौतमको प्रचण्डसँग लामो निकटता छ ।
पूर्वमाओवादीसहित माधवकुमार नेपाल र वामदेव गौतम जस्ता नेताहरुलाई एउटै पार्टी वा गठबन्धनमा ल्याएमा चुनाव जितिने प्रचण्डको आँकलन देखिदैछ । त्यही आधारमा उनी सक्रिय भएका छन् ।