Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा व्यस्त भएका छन् । उनले चुनावी अभियानका क्रममा युवादेखि वृद्धासम्मलाई भेट्दै समर्थन मागेका छन् । घरदैलो, भेटघाट र छलफलमा सहभागी हुँदै बुधबार बिहानदेखि ओलीले स्थानीय समस्या सुन्ने र समाधानका प्रतिबद्धता व्यक्त गरेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले उनीविरुद्ध उम्मेदवारी दिएका छन् । बालेनलेसमेत बुधबार बिहानैदेखि चुनावी अभियान थालेका छन् ।
झापा ५ को चुनावी मैदानमा रहेका पूर्वप्रधानमन्त्री एवं एमााले अध्यक्ष केपी शर्मा ओलीले बिहानैबाट कार्यकर्ता र मतदातासँग भेटघाटमा लागेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक गृह नगर दमक आएका ओलीले हिजो मध्यरातसम्म कार्यकर्ताहरूसँग भेटघाट गरे । स्थानीयसँग छलफल गदै आफूले अघि सारेका विकास आयोजनाको प्रगतिबारे जनप्रतिनिधिसँग जानकारी समेत लिइरहेका छन् । झापा ५ सँगै सीमा जोडिएको इलाम २ का एमाले उम्मेदवार सुहाङ नेम्वाङ पनि दमक आएका थिए । उनले मंगलबार राति दमकका १० वटै वडा कमिटीका पदाधिकारी र सदस्यहरूको कुरा सुने । अरुबेला निर्देशनात्मक भाषणमा जोड दिने उनले तल्लो तहका कार्यकर्ताको कुरा सुन्दै पार्टीलाई जिताउने योजना समेत मागेका थिए । दमकमा १० वटै कमिटीसँग छुट्टाछुट्टै भेट्दै कमिटीका ४ सय हाराहारी पदाधिकारी र सदस्यसँग उनले सामूहिक छलफल गरेका छन् । आज बिहानैबाट अगुवा कार्यकतासँग भेटघाटमा व्यस्त छन् । एमाले झापा ५ निर्वाचन परिचालन समिति संयोजक देवेन्द्र दाहालका अनुसार आज कमलका सबै वडा कमिटीका पदाधिकारी र सदस्यसँग बैठक छ । कमल गाउँपालिकामा ७ वटा वडा छ । झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका गौरादह नगरपालिकाका ८ वटा वडा र गौरीगञ्ज गाउँपालिकाका ४ वडा पर्दछन् । ती सबै वडामा रहेका पार्टी कमिटीका पदाधिकारी र सदस्यहरूको रिपोर्टिङपछि थप कार्यक्रम बनाइने बताइएको छ । अध्यक्ष ओलीले ३० वर्षअघि दमकमा आफैँले बनाएको घर अवलोकन गरेका थिए । जेन(जी आन्दोलनका क्रममा सो घर जलाइएको थियो । घरमा भएका सरसामान समेत लुटपाट भएपछि अहिले मर्मत सम्भार भएको छैन । निर्वाचन लड्न झापा आएका ओली अहिले होटलमा बस्दै आएका छन् । ओलीले आफ्नो घरबाहेक भदौ २४ मा जलाइएका दमक नगरपालिका, इलाका प्रहरी कार्यालय, आन्तरिक राजश्वको कार्यालय भवन अवलोकन गरेका थिए । राप्रपाका प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका मेयर राम थापाको जलाइएको घर पनि पुगेका थिए ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल