Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले २०८२ पुस मसान्तसम्ममा १५ औं महाधिवेशन गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव गरेका छन्। शुक्रबार काठमाडौमा उपलब्ध जिल्ला सभापति तथा पूर्व सभापतिहरुसँगको अनौपचारिक छलफलमा आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्ने धारणा राखेका हुन्। नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने बिषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु। अहिले समयको चाप, अवस्था आदिका कारण यदि ०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ, उनले भने। ०८२ पुस मसान्तसम्मको तालिका बनाँउदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउने पर्ने उनको धारणा छ। कांग्रेस अहिले एकतावद्ध, गम्भिर, जिम्मेवार, संयम भएर अघि बढ्नुपर्छ र पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ विगतमा पार्टीले थुप्रै आरोहअवरोह ब्यहोरेकोले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ र कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नु हुँदैन्, डा कोइरालाले भने। डा कोइरालाले पार्टीमा एकता, मेलमिलाप चाहेको उल्लेख गर्दै गुट, उपगुट र फु्टको अन्त्य गर्न आग्रह गरे। देशभरका इमान्दार, निष्ठावान् र निरन्तर क्रियाशील रहेका कार्यकर्ताहरुले पार्टीलाई बचाइरहेकाले सबैजना कांग्रेसको निर्णयको पर्खाइमा रहेकाले पार्टीले तत्कालै नयाँ निर्णय गर्नुपर्ने उनको जोड थियो।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल