Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनाव हारेका कमल थापा पूर्व राजामाथि खनिए

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो । निवर्तमान अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमाफर्त हार स्वीकार गरेका छन् । थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा भएको थियो । शनिबार राति मतदान सम्पन्न भएपछि मतगणना सुरु भएको थियो । सुरुदेखि नै अग्रता बनाएका लिङ्देनले बाजी मारेका हुन् । थापाले फेसबुकमा एक पोस्ट लेख्दै हार स्वीकार गरेका छन् । तर उनले हारका लागि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् । उनले निर्मल निवासको नांगो हस्तक्षेप भएको भन्दै भत्सर्ना गरेका छन् ।