Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरीपैठारीको सामान पक्राउ

रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट भाद्र २५ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा गाडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका १३ बस्ने ३० बर्षिय सुरेश थापा छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । सुनौलीबाट बुटवलतर्फ आउँदै गरेको बा। ७ च ५९५४ नम्बरको कारको सिट मुनी र डिक्कीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित लत्ताकपडा भेटिएपछि उक्त लत्ताकपडा तथा गाडीसहित उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका थापालाई बरामद लत्ताकपडा तथा गाडीसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । उक्त लत्ताकपडा र गाडीको भन्सार दाखिला मूल्य करीब १३ लाख ५२ हजार रुपैयाँ रहेको छ ।