Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरीपैठारीको सामान बरामद

काठमाडौं । पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित वाईपासबाट भाद्र १५ गते एपीएफ टोलीले करीव चार लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा हार्डवयरका सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले भाद्र १४ गते करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले सर्लाही जिल्लाको बसवरीया गाउँपालिका ३ स्थित बराहथवाबाट बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।


सम्बन्धित समाचार