Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरीपैठारीको सामान बरामद

काठमाडौं । सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित भेलीमाबाट असोज २४ गते एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । ना ३ ख १९१२ नम्बरको यात्रुवाहक बसमा भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीबाट खटिएको एपीएफ टोलीले असोज २५ गते करीव दुई लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २५ स्थित लोहनाबाट बरामद गरिएको हो ।


सम्बन्धित समाचार