Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरीपैठारीको सामान बरामद

काठमाडौं । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ उल्ली स्थित सिमा ईलाकाबाट मंसीर ५ गते एपीएफ टोलीले करीव एक लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ दुई वटा मोटरसाईकलमा राखेर ल्याउदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसबेला उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरिएको हो । बरामद लत्ताकपडा तथा मोटरसाईकल सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले मंसीर ५ गते करीव एक लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट बरामद गरेको हो । बरामद सामान बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।