Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरीपैठारीको सामान समातियो

काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले भाद्र ३० गते करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त जुत्ता सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद जुत्ता आवश्यक कारवाहीको लागि भन्सार कार्यालय भैरहवामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गुल्म हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले भाद्र ३० गते करीव एक लाख ३५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना। ३ ख ५१६४ नम्वरको यात्रुवाहक बसमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ स्थित पथलैयाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ९ खक्रौला ईलाकाबाट भाद्र ३१ गते एपीएफ टोलीले करीव एक लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको भाडा वर्तन बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त भाडा वर्तन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद भाडा वर्तन आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।