Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरीमा संलग्न फरार अभियुक्त पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारस्थित रोयल कम्प्लेक्स सिर्जन सर्टिङ एण्ड सुटिङ टेलरिङ सेन्टरमा चोरी भएको घटनामा संलग्न रही फरार रहेका काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार खाँडीपाखा बस्ने बाजुरा गौमुल गाउँपालिका-२ दहकोट घर भएका २१ वर्षीय दिनेश विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त सेन्टरमा गत सोमबार चोरी भएको घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारस्थित पर्वत गुल्मी,पोखरा एण्ड दाङ गेष्ट हाउसको कोठा नम्बर ३०६ बाट उनलाई फेला पारी पक्राउ गरेको हो । प्रहरीले विकको साथबाट नगद २५ हजार रुपैयाँ, साउदी रियाल १ दरका १ सय २६ थान, पाईन्ट १७ थान, कोट १६ थान, विभिन्न खालको सर्ट ३६ थान, जिन्सको ज्याकेट १ थान, स्टकोट ३ थान, मोवाइल १ थान, मोवाइल प्याड १ थान, सिमकार्ड ३ थान लगायत करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।