Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरी गरेको सामान सहित पक्राउ

भक्तपुर । चाँगुनारायण नगरपालिका-८ रानिबारीबाट चोरी गरेको सुनका गरगहनाहरु करिब साँढे चार तोला, मोबाईल ५ थान र घडी १ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका(१ घर भई हाल भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने २३ वर्षीय दिपक गिरी र भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने २४ वर्षीय बुद्ध तामाङ रहेका छन् ।
भक्तपुर चाँगुनारायण नगरपालिका-८ रानीबारीमा बुधबार चोरी गरी फरार भएपश्चात महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चोरी भएको सामान सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई चोरी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।


सम्बन्धित समाचार