Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

धादिङ । रहजनी चोरी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक कुन्चोक घर भई हाल धादिङ गजुरी गाउँपालिका(६ आदमघाट बस्ने ३७ वर्षीय रामजी बानियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत धादिङको २०६६ मंसिर २ गतेको फैसलाले रहजनी चोरी मुद्दामा ५ वर्ष ५ महिना १० दिन कैद सजाय ठहर भइ फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बानियालाई जिल्ला अदालत धादिङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय धादिङ चलान गरिएको उक्त कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार