Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोलेन्द्रका सम्धीलाई मन्त्री

काठमाडौं । केपी ओली सरकारलाई अवैध घोषित गर्दै शेरबहादुर देउवाको नामै तोकेर २८ घण्टाभित्रै प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयलाई आदेश दिएका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आफ्नो भागमा दुई मन्त्री पर्नुपर्ने दबाव प्रधानमन्त्री निकट स्रोतलाई दिन थालेका छन् । उनले आफ्ना सम्धी डा. तिलक रावललाई अर्थमन्त्रालय दिलाउनुपर्ने दबाव दिएका छन् भने अर्को एकजना उनले कसलाई सिफारिश गर्छन् खुलाएका छैनन् । डा. रावल हिजो फोरम लोकतान्त्रिकमा लागेर संविधानसभा सदस्य बनेका पात्र हुन् । उनलाई नेपाली काँग्रेसका आदर्शवादी नेता कृष्णप्रसाद भट्टराईले आफ्नो प्रधानमन्त्रीको कार्याकालमा कृषि विकास बैंकको कार्यकारी अध्यक्ष बनाएका थिए । त्यही बाटो समातेर उनी राष्ट्र बैंकको गभर्नर समेत हुन पुगेका थिए । आर्थिक क्षेत्र बुझेका कारण डा. रावललाई अर्थमन्त्री बनाउन चोलेन्द्रले दबाव दिनु सामान्य हो तर उनी यतिखेर सांसद छैनन् । पाँच दलीय गठबन्धनले सांसद नभएकाहलाई मन्त्री नबनाउने निर्णय गरिसकेको कुरा चोलेन्द्रलाई पत्तो छैन ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल