Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोलेन्द्र श्रीमानका अगाडि गले न्यायाधिश

काठमाडौं । चौतर्फी दबावलाई झेल्दै अघि बढेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजीनामा नदिने अडानमा कायमै रहेपछि न्यायाधीशहरु गलेका छन् । उनीहरु इजलासमा फर्कने भएका छन् । विद्रोहमा उत्रिएका न्यायाधीशहरुबीच नै मतभेद हुन थालेपछि नयाँ परिस्थिति सृजना भएको हो । सोमबारबाट कतिपय न्यायाधीशहरु इजलासमा फर्किइसकेका छन् ।
आज प्रधानन्यायाधीश जबराले अधिकांश न्यायाधीशहरुको इजलास तोकेर कठोर निर्णय सम्म पुग्ने संकेत गरेका थिए । उनले काममा फर्कन या पद त्याग गर्न दबाब दिने रणनीति समेत बनाएका थिए । अदालतमा सुधारका लागि आफू तयार रहेको तर राजीनामा कुनै हालतमा नदिने जबराले अडान छाडेनन् । उनले आज पनि कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै राजीनामा नदिने स्पष्ट पारेका थिए । जबराले संविधान अनुसार मात्र आफू चल्ने भन्दै बर्हिगमन पनि त्यही अनुसार गर्न चुनौती दिदै आएका छन् ।
तिहार सुरु हुनै लाग्दा नेपाली काँग्रेस र नेकपा एमालेनिकट कानुन व्यवसायीहरुको संगठनले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराको राजीनामाको विपक्षमा आफूलाई उभ्याएका थिए । न्यायधीशहरुले इजलास बहिष्कार गरेकोमा आलोचना समेत गरेका थिए । उनीहरुको विज्ञप्तिबाट जबरालाई बलियो साथ रहेको संकेत मिलेको थियो । तिहार लगत्तै प्रधानन्यायाधीश जबरा इजलास तोक्ने निर्णयमा पुगे । उनले धमाधम इजलास तोकेर न्यायाधीशहरुलाई इजलासमा फर्कन वाध्य पार्न थाले । विद्रोहमा उत्रिएका न्यायाधीशहरुबीच नै मतभेद भएपछि परिस्थिति बदलियो । अब भोलिबाट अदालतको काम सुचारु हुने अवस्था विकास भएको छ ।