Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चौथो शिखर एग्रिकल्चर अवार्ड क्यानडामा

कलाकर्ममा दशक बिताएका लोकप्रिय कलाकार शेखर खनाल बिगत केही वर्षयता ‘बिकास र बहस’ कार्यक्रम मार्फत सञ्चारकर्ममा पनि उनको सकृता बढिरहेको छ । एउटा कुशल कलाकार, चलचित्र निर्देशक, संचारकर्मी, समाजसेवी र कृषि अभियान्ताको रुपमा आफुलाई खरो रुपमा उतारर्नु भएका खनाल यतिबेला अक्टोवर ११ मा क्यानडामा हुने चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०२३ को तयारीमा ब्यस्त बनेका छन् । काठमाडौंमा सम्पन्न तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० सम्पन्न भएलगतै चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड क्यानडाको नागराफल्समा आगामी अक्टोवर ११ तारिखमा सम्पन्न हुँदैछ । किङ्डम इन्टरनेशन इन्वेष्टर ग्रुप क्यानडाको सहआयोजनामा हुने चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०२३ को ब्राण्ड एम्बेष्टरको लागि नायक दिनेश केसी र नायिका सबिना कार्कीलाई अनुबन्धित गरिएको छ भने चौथो अवार्ड कार्यक्रममा तेश्रो अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट उपाधि पाएका, सम्मान पाएका कृषि फार्म र कृषि उद्यमीहरू सहभागी हुने कुरा आयोजक संस्थाका अध्यक्ष शेखर खनालले जानकारी गराए । अध्यक्ष खनालका अनुसार तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्डमा सवोत्कृष्ट भएका कृषि फार्महरू र उत्कृष्ट कृषि उद्यमीहरूको चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड कार्यक्रममा सहभागिता रहने छ ।