Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चौथो स्पाईनी ब्याब्लर चलचित्र महोत्सवमा भूजेल सम्मनित

स्पाईनी मुभिज प्रा.लि.ले हालै राजधानी स्थित राष्ट्रिय नाचघरमा चोश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२४ सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ र अन्तराष्ट्रिय विधामा ११ गरि कुल २२ विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिस्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्ने उव्देश्यले कार्यक्रम आयोजना गर्दै आईरहेको छ । कार्यक्रममा बिभिन्न १७ वटा देशका ९५ भन्दा बढी पिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्री लगायतका चलचित्रहरुको सहभागिता रहेको थियो । एरा प्रोडक्सन प्रा.लि.ले व्यवस्थापन गरेको उक्त कार्यक्रमको निर्देशक कमला जोशी हुन् । संस्थाका अध्यक्ष डा. हुस्नेद आजादको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चर्चित गायक रुद्र शेखर शर्मा, पत्रकार अशेष अधिकारी, संगीतकार दिपक शर्मा, पत्रकार विष्णु सुवेदी, गीतकार गोविन्द भट्ट, छायाँकार राजन खरेल र नृत्य निर्देशक सन्दिप कुमार भुजेल सम्मानित भएका थिए । नृत्य निर्देशक तथा कोरियोग्राफर सन्दिप कुमार भुजेलले बैस लुकेछ, कालो कोठिले, खुबै राम्रो छ, बनमा सतिसाल, एउटा फोटो खिच्न मन छ, मौरि रसैको, घर बेटि लगायत दर्जनौ गीतमा काम गरिसकेका छन् । बिगत एक दशक देखि फिल्म र म्युजिक भिडियोमा कोरश डान्सर हुँदै अहिलेका चर्चित नृत्य निर्देशकको पहिचान बनाएका सन्दिप कुमर भुजेल सिराहा, लाहान नगरपालिका वडा १० का स्थानिय वासिन्दा हुन् । चलचित्र निर्देशक माधव राज खरेल निर्णायक प्रमुख रहेको उक्त फेष्टिवल कार्यक्रममा निर्णायक सदस्यहरु तर्फ अभिनेता केदार प्रसाद घिमिरे, अमोल भगत, शहादत रसोल, म्याग्डोलिना कोभ्पास लगायतका थिए । कार्यक्रममा चर्चित गायक रुद्र शेखर शर्मा, पत्रकार अशेष अधिकारी, संगीतकार दिपक शर्मा, पत्रकार विष्णु सुवेदी, गीतकार गोविन्द भट्ट, छायाँकार राजन खरेल लगायत बिभिन्न बिद्यामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।