Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चौरलाई चौतारो, साधुलाई सुली !

काठमाडौं । आईजीपी सर्वेन्द्र खनालले केन्द्रमा बसेर प्रहरीलाई ‘गाउँ टोल नगरी, नेपाल प्रहरी’ भन्ने स्लोगन बनाएर के गर्नु ? उनैले मन पराएका अपराधिक मानसिकताका निरीक्षक देवी पौडेल पोखरामा बदनाम भएपछि काठमाडौं परिसरको मुद्दामा आइहाले । त्यही रहेको भए उनको ज्यान खतरामा थियो । पर्साका असरफ अली अन्सारी मुद्दा फाटमै छन् । सई विदुर शिवाकोटी घुमुवा टोली प्रमुख बनाइए, हवल्दार अजय पटेल वा निरीक्षक राजेश दत्त किन नहुन् । कुपन काण्डका डिएसपी नविन किशोर प्रधान त लेखाबाट तेह्रथुमको इञ्चार्ज भएकै छन् । बरु केशर ब्रम्हुलाई बलिको बोको बनाइएकै छ ।

योजस्तो न्याय प्रहरीमा अरु हुँदैन । ब्रम्हुले त महलै किनेर राजीनामा दिएछन् । कास्कीमा काँग्रेसी कार्यकर्ता रामजी पौडेलको हत्याराबाट मोटो रकम झ्याप पारेपछि निरीक्षक देवी पौडेल पोखरामा दुर्गन्धित सावित भएको आईजीपीले थाहै पाएनन् । कारबाहीमा पर्नु पर्नेलाई मुद्दाबाट मुद्दामै त्यो पनि काठमाडौं परिसरमा वा आईजीपीको स्वच्छ प्रहरी गाउँ नगरी !

जहिले पनि विवादित असरफ अली होस् वा राजेश दत्त । यिनीहरूको सीमामा हुने तस्करीसँग मिलिभगत हुन्छ नोट झार्छन् । त्यही कारण बारा, पर्सा यिनको सरुवा पानी पधेरो हो । आईजीपीले दत्तलाई केरकारमा पनि ल्याएका थिए । काम गर्ने भनेर दत्त उठतीमा सफल थिए । प्रहरीमा काम गर्ने भनेकै त्यही हो । अहिले पनि दशैंको नाममा प्रहरीले उठाउन थालेका छन् । ठमेल, बौद्ध, दरबारमार्ग, गौशाला, वानेश्वर, लैनचौरमा डिएसपीहरूको कमाण्ड छ । त्यहाँका हवल्दार र सईहरू होटल, लज, रेष्टुराँ, वार र जुवाघर घरपाला रक्सी कारखाना, मेनपावर, व्यापारी घरनामा उठाउन हिँडिसकेका छन् ।

रक्सीका बोतल र खाम उठाउने चलन प्रहरीका लागि जो सुकै आईजीपी होस् पुरानो हो । टोले गुण्डा, ट्यापे र पाकेटमारहरू बृत्त र प्रभागमा जुनसुकै डिएसपीका खाजा हुने गर्छन् । जनताले न्याय पाउँदैन, चोरको पक्ष लिएर जनप्रतिनिधि र प्रहरीले पैसा खाने घटना साधारण हो । पैसा खाएपछि प्रहरीको पोलिमर रिपोर्ट पनि बदलिएका थुप्रै उदाहरण छन् । आफ्नो पालामा प्रहरी सुधारेको दाबी गर्ने आईजीपीले रजिष्टरमा त जताततै प्रगति गरे । बेरुजु फस्र्योट पनि शुन्यमै झारेका छन् । गृहमन्त्रीबाट पुरस्कार पनि पाएका छन् । तर तराईका जिल्लामा वा राजधानीको संरचना होस् प्रहरीबाट पैसा अशुल्दै मुद्दा कमजोर बनाउने शैली हटेको छैन । त्यो शैली हट्थ्यो भने देवी पौडेल, असरफ अली जस्ता हत्यारा बचाउने घुस्याहाहरूलाई काठमाडौं र पर्साको मुद्दा फाँटमा सरुवा गरिने थिएन ।