Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एक दशक पहिले काठमाडौं बस्ने मधेसी समुदाय छठ आउने वित्तिकै आफू बस्ने घर, डेरा कोठामा ताल्चा लगाएर आआफ्नै घर फर्किन्थे । दशैँ तिहारमा समेत घर नजाने मधेसी समुदाय छठमा लगभग सबै घर फर्किन्थे । तर, अहिले परिस्थिति फेरिएको छ । काठमाडौंमा पनि धुमधामका साथ छठ मनाउन थालिएपछि अधिकांश मधेसी समुदाय घर जान छाडेका छन् ।
सिनामंगलमा फर्निचर व्यवसाय गर्दै आएका प्रवीण यादवको चार वर्ष भयो छठमा घर नगएको । उनी भन्छन्, ‘मेरो घरमा छठ मनाइँदैन, तैपनि छठको रौनक हेर्न म सिरहा घर जान्थेँ । तर जबदेखि काठमाडौँमा छठ मनाउन थालियो, प्रायः छठमा म यतै हुन्छु । तराई मधेसमा मनाइने छठजस्तै यहाँ मनाउन थालिएपछि घरकै आभास काठमाडौंमा हुन थालेको छ ।’
कीर्तिपुरमा अध्ययनरत राधेश्याम अधिकारी पनि यसपाली छठ मनाउन घर गएनन् । बल्खुको बागमती किनारमा मनाउने छठमा नै रमाउने उनको योजना छ । राधेश्याम र प्रवीण मात्र होइन, थुप्रै मधेसी समुदाय छठमा घर जान छाडेका छन् । जनकपुरका सरोज मिश्रको घरमा छठ हुँदैन । तर, उनी पहिला छठमा जनकपुरस्थित घर नै जान्थे । काठमाडौँमा पनि तराई मधेसमा जस्तै छठ मनाउन थालेपछि छठमा घर जाँदैनन्, बरु हरेक दशैंमा घर जान्छन् । यसपाली त उनले छठका लागि आमाबुबालाई समेत गाउँबाट काठमाडौं नै ल्याएका छन् ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल