Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छाड्ने बेलामा फौजीभित्र दौडादौड

काठमाडौं । जसले काँध हाल्यो उसकै पद धरापमा छ । तर पनि एआईजी श्याम ज्ञवाली २ महिने आईजीपी बन्नका लागि मंसिरमा घर जाने अर्का एआईजी भीम ढकालको साथ लिएर कोटेश्वर, बालुवाटार, बालकोट धाएका हुन् । तीनवटै दरबारले नपत्याएपछि उनले ढकालको सहारा लिएका हुन् । ज्ञवालीलाई तत्कालिन गृहमन्त्री नारायणकाजीले राम्रै ठाउँ दिए । उपत्यका प्रहरी प्रमुख बनेर काँग्रेसी कुलदेवी डा. आरजु राणाका विश्वासीहरू टेकनारायण पाण्डेदेखि भुटानी नेता टेकनाथ रिजाल, बालकृष्ण खाँणसम्मको सेखी झ¥यो । ८ करोड हजम गरेकी कुलदेवीलाई सन्देश शर्मा र पूर्व सांसद आङटावा शेर्पासम्मले पैसा बुझाएका थिए । मञ्जु खाँण अर्को नक्षत्र थिइन् । यो नक्कली भुटानी शरणार्थी प्रकरणको किस्सा थियो ।
नारायणकाजीको साथ पाएका एआईजी ज्ञवाली काठमाडौंका एसएसपी दानबहादुर कार्की, अपराधका एसएसपी डा मनोज केसीसम्मलाई प्रहरीका राम्रै अधिकृत मानिएकै हो । उनीहरूलाई शेरबहादुर देउवाले आफ्ना विश्वासप्राप्त बालकृष्ण खाँण खोरमा पुगेपछि प्रधानमन्त्री प्रचण्डलाई धम्क्याएर कि गृहमन्त्री हटाउ कि तिन प्रहरी अधिकृत हटाउ भनेकै कारण हटाइएका थिए । नारायणकाजीले पत्तो नपाउँदै रातारात सरुवा भएका उनीहरू अहिले सरकारी ठग गृहमन्त्री रवि लामिछानेको दोस्ती छन् । यिनले सहकारी प्रकरणमा भन्दा दोहोरो पासपोर्ट र नागरिकतासम्बन्धी अदालती फैसलाले रविको पद जान्छ भन्ने सोच्न भ्याएका छैनन् । यी सबै रवि गुटका भएका छन् । आफूलाई एमाले र समाजवादीको नेताको आड भरोसा छ भन्ने देखाएर श्याम ज्ञवालीको आईजीपी बन्ने छिर्के दाउ सफल हुने देखिँदैन । नेपाल प्रहरीमा उपेन्द्रकान्त अर्यालको भूतको रुपमा श्याम ज्ञवालीलाई लिने गरिएको छ । ज्ञवाली सिआईबीमा गएपछि एआईजी किरण बज्राचार्यको छानविन दबाइएको छ । बज्राचार्यको टोली सशक्त थियो । नारायणकाजी श्रेष्ठले सहकारी ठगी प्रकरणको सुप्रिम सहकारी पोखराको फाइल दरिलो बनाएका थिए । एआईजी बज्राचार्यमाथि कारबाही गर्नुको कारण जनताको बचत हजम गर्न सफल रवि लामिछानेको अपराधलाई ढाकछोप गर्नु हो । यो टोलीको दौडधूपका कारण आइजीपीका विषयमा प्रधानमन्त्रीले समेत मुख खोल्न बाध्य हुनुपरेको थियो ।
सुन काण्ड कति पूर्वाग्रही छानविन थियो भन्ने कुरा एआईजी सहकुल थापाबाट उत्कृष्ट डिएसपी रुगम कुँवरमाथिको कारबाही हो । जबकि कुँवरलाई सिआईबीमा लगेर अनुसन्धानमा खटाउने थापा नै हुन्, तारतम्य मिलाएर अपराधीसँग उठबस गर्ने प्रहरी धेरै छन् । अहिले भने सिआईबी समय बिताउने, काल पर्खने रफ्तारमा छ । सिआईबीले यो देशको राष्ट्रिय ठगको परिचय बनाएर सञ्चारकर्मी बन्दा घुस हात नपरी पीडितको स्वर प्रशारण नगर्ने ब्ल्याकमेलर गृहमन्त्रीको सेवा गर्नु अनौठो होइन । रविले काँग्रसी चरिको रुपमा परिचित आईजीपी बसन्त कुँवरलाई पदबाट हटाएर २ महिने आईजीपी बन्ने दाउमा रहेका श्याम ज्ञवालीको इच्छा पूरा गर्ने अवस्था छैन । प्रहरी भोलि पनि चाहिन्छ । आईजीपी कुँवरलाई चरिको उपमा दिने तिनै ज्ञवाली थिए । सुरक्षा फौजलाई काँग्रेसले भगिनी संगठन बनायो, एमालेले दलाल बनायो । त्यो सत्य किन कोही स्वीकार्दैन ? तर माओवादीले फौजी संस्थामा हस्तक्षेप गरेन । प्रक्रिया पुगेका वरिष्ठ र अनुभवीलाई आईजीपी बनाए बापत सर्वेन्द्र खनाल आईजीपीबाट हट्नासाथ एमालेको गुण्डा टोलीसँग मिलेर सांसद अपहरणमा लागेकै हुन् । रातारात एमाले नेता बनाइएका खनाललाई तनहुँ १ र काठमाडौं ६ का जनताले लोप्पा दिएकै हुन् ।

३० वर्षे लागेर जाँदैछन् यी
३० वर्षे सेवाका कारण एआईजी उमेश जोशी असार १९ गते, अर्का एआईजी भिम ढकाल मंसिर २८, किरण बज्राचार्य माघ १६ मा अवकाश जान्छन् । एआईजी श्याम ज्ञवाली भदौ २६ मा बिदा हुँदा डिआईजी किरण राणा कात्तिक १६, पोषराज पोखरेल असार १९ मा अवकाश पाउने छन् । नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानमा अवधि ३० उमेर हद ५८ जुन पहिला आउँछ त्यो लागू हुने चलन २०६६ वैशाखबाट कार्यान्वयनमा ल्याइएको हो । ठूलाका लागि चासो लिने संगठनको आवश्यकता लत्याउने राजनीतिक दाउपेचको फाइदा लिने होड एमाले, काँग्रेसमा भए पनि माओवादीले नियम मिच्न नदिए पनि प्रहरी माओवादी मैत्री नबनेको कुरा प्रधानमन्त्रीलाई बुझाइदिने कसले ? रवि लामिछानेले एआईजी ज्ञवालीको आईजीपी हुने रहर पूरा गर्न नदिँदा प्रधानमन्त्रीलाई घुक्र्याएका छन् । यस्ता ठगको घुर्की ठूलो कुरा होइन । एमाले अध्यक्ष केपी ओली रविको अपराधको संरक्षक बन्दा माओवादी सोत्तर हुने डरले पछिल्लो पटक उसको कचकच सुन्नुभन्दा जनमत र नागरिक उन्मुक्तिलाई लिएर सरकारलाई दरिलो बनाउन बाध्य भएका हुन् । जबकि प्रमले ओलीलाई देखाएर १३८ बहुमतमा एमाले ७९ (१ निलम्बित) माओवादी ३२, समाजवादी १०, जसपा ७, जनमत ६, नाउपा ४ र ३ स्वतन्त्र गरी १४० जनाको हिसाव किताव मिलाएको अवस्था छ । आईजीपी कुँवर सरकारको भन्दा काँग्रेसी कुलदेवीको काम बढी गर्ने भएपनि कुलदेवी कानुनी रुपमा तानिने धेरै फण्डा भएकाले प्रमलाई सहकारी ठगलाई काँध हाल्नु भन्दा काँगे्रेस नै भए पनि आईजीपी बसन्तलाई च्याप्न सहज भएको सचिवालय स्रोत बताउँछ । रविको टोली जताततै धरापमा पर्दा घुक्र्याएर राजीनामा खल्तीमाछ भनेको हो । राम्रा र जान्नेको पारा जनताले देखेपछि त्यो समूह सागपात भएको छर्लङ्ग हुन्छ ।


सम्बन्धित समाचार