Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छाड्ने बेलामा सर्वेन्द्रमाथि प्रहार !

काठमाडौं । निर्मला पन्त बलाकार र हत्याका आरोपीलाई राजनीतिक संरक्षणका कारण पक्राउ गर्न प्रहरी सफल भएन । तर शान्ति सुरक्षा र चोरीका अपराध नियन्त्रणमा जनताको साथ पाएको प्रहरी नेतृत्वमाथि पदावधि सकिन लाग्दा अनेक लान्छना लगाइँदैछ । सरकारले जघन्य अपराध र आतंककारी गतिविधिविरद्ध कानुनले जे भन्छ त्यही गर भनेकोले पूर्व सभामुखलाई प्रहरीले नै पक्राउ ग¥यो । आईजीपी खनाल प्रदेश ५ र ६ का पहाडी जिल्लामा पुगेर आइतबार फर्किए । तर समाचार खनाल नै म्याद बढाउनमै व्यस्त भन्ने आयो । मधेशका एकाध घटनामा प्रहरी चुक्यो । सरकारको खान्की खाएको राष्ट्रिय मानवअधिकार आयोगले आईजीपी सर्वेन्द्र खनाल र उनको टिमप्रति औंला ठड्याएको छ । काँग्रेसका अपराध त्यो आयोगले हेर्दैन । माघ २८ गते आईजीपी खनालका व्याजीहरू २ एआईजी आधा दर्जन डिआईजीदेखि एसएसपी र एसपीहरूको ठूलै हुल पदावधि पूरा गरी बिदा लिँदैछ । सरकार वरिष्ठताका आधारमा डिआईजीबाट आईजीपी बनाउने तयारीमा छ । सरकारले तल्लो वर्गका प्रहरीले पाउने उपचार खर्च कटौती गर्ने हल्ला चल्दा निमुखा प्रहरीहरू आतंकित छन् । नेतृत्व त्यसतर्फ कति सचेत छ प्रश्न उठेको छ । निमुखालाई निमोठ्नु ठिक होइन । आईजीपी खनाललाई आफ्नो पदावधि थप्न रोल्पा, रुकुम, सल्यान, प्युठान अनुगमनमा जाँदा राजधानीमै ठूला नेताको घर घर पुगेको आरोप लगाउन वरिष्ठ कलमबाजहरूले छाडेका छैनन् । आईजीपी खनालले छानिएका पत्रकारहरूबीच केही समय अगाडि भनेका थिए, म पदावधि थप्न दौडधूप गर्दिन । जति काम गर्छु राष्ट्र र संगठनको भलाईकै लागि गर्छु । उनी भन्दै थिए, जनताले कामको मूल्यांकन गर्छन् । स्मरणीय छ प्रहरीलाई जनताबीच जोड्न समुदायमा निर्भर प्रहरी कार्यक्रमले सहज बनाएको छ । स्थानीय तहको वडासम्म र विद्यालयसम्म प्रहरीको सम्बन्ध जोड्नु नै आईजीपी खनालको कार्यकालको सफलता हो ।