Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छिमेकीलाई खुकुरी बर्षाउने विजय समातिए

काठमाडौं । सुनसरी, छिमेकीलाई खुकुरीले प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका ३ बस्ने ३८ वर्षीय बिजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ भृकुटी पाखास्थित खाली डाँडामा विद्युत मर्मत पेशा गर्ने उनीहरुबीच मोबाईलको बिषयमा बिवाद हुँदा बिजयले २ जनालाई खुकुरीले प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बिजयलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएका एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा र अर्को एक जनाको बिजयपुर अस्पताल धरान सुनसरीमा उपचार भइरहेको छ ।
रामेछाप, काठले टाउकोमा प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोगमा गोकुलगंगा गाउँपालिका(५ नमाडी खहरे बस्ने ३२ वर्षीय जित बहादुर खड्कालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २३ वर्षीय पुरुषलाई काठ प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बेतालीबाट खटिएको प्रहरीले खड्कालाई पक्राउ गरेको हो । घाइतेलाई सामुदायिक अस्पताल मन्थली हुँदै थप उपचारको लागि मेडिसिटी अस्पताल काठमाडौंतर्फ पठाइएको छ ।
रामेछाप, छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा दोरम्बा गाउँपालिका(६ रिष्ठे बस्ने २७ वर्षीय सुजन तिमल्सिनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । समाजमा आफ्नी चेलीबेटीलाई नराम्रो भन्दै हिँडेको भनी सोही ठाउँ बस्ने ३८ वर्षीय पुरुषलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गुन्सीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार